जनवरी 26, 2017
काठमाडौं, नेपाल
काठमाडौं, नेपाल
आदरणीय महिला तथा सज्जनवृन्द!
टशी देलेक / नमस्कार,
टशी देलेक / नमस्कार,
हामीले अरुलाई मात्र दोष दिएर हुदैन । विश्वमा हामी जस्तो अल्पमतमा परेका धेरै छन् । तसर्थ हामीले आफ्नो लागि आफैले केहि गर्नु पर्छ र सक्नेले नसक्नेलाई सहायोग गर्नु पर्छ । हाम्रो लागि यो र त्यो भएन भनेर अरुको कुरा काट्नु र अरुलाई मात्र दोष दिनु हुन्न । हामीले भोग गर्न नपाए पनि भविष्यको लागि सोच्नु पर्छ र भावी सन्ततीले भोग गर्न पाउनु हाम्रो सफलता मान्नु पर्छ ।
राज्यबाट मातृभाषा शिक्षा नीतिमा सुधारको आशा नरहेको अवस्थामा पुनः उसैको आशमा बसीरहनु भन्दा हामी आफैले केहि गर्नुपर्छ । यस सन्दर्भमा अति टट्कारो आवश्यकता भनेको शेर्पाहरुको वच्चाहरुले एकै ठाउँमा वसेर कमसेकम पनि प्राथमिक तहसम्म आफ्नै भाषामा पठन पाठन गर्न पाउनु पर्छ, जहाँ आधारभूत दैनिक संस्कार र मातृभाषाको पठनपाठन होस् र सवै तहका परिवारले सर्वसुलभ हिसावले उच्च शिक्षाको बाटो तय गर्ने अवसर पाउन ।
माथि उल्लेखित कुराहरु प्राप्त गर्नको निम्ति काठमाण्डौमा एउटा विद्यालयको आवश्यकता छ र त्यस्तो विद्यालय बनाउन ठुलै धनराशिको पनि आवश्यक पर्छ । तर सवै एकमत भई समस्याको समाधान तर्फ लागेमा यो असम्भव छैन । हामीले एउटा यस्तो विद्यालयको परिकल्पना गरेका छौ जहाँ प्राथमिक तह सम्म हाम्रै शेर्पा भाषामा अध्ययनको व्यवस्था होस, जहाँबौद्ध धर्ममा आधारित सामाजिक शिक्षा होस्, जहाँ सवै तहका परिवारमा जन्मेको बच्चाहरुले कम्प्युटर, विज्ञान र आधुनिक शिक्षामा समान पहुँचको अवसर होस ।
शिक्षा प्राप्तिको सिलसिलामा विभिन्न क्षेत्रको शेर्पा बीचमा चिनजान भई परम्परागत सामाजिक विवाह भई, अञ्जानमा र विभिन्न परिवेशले उत्पन्न गरेका असामाजिक अथवा जातिय वेमेलको विवाह जन्य समस्याको निराकरण भई संस्कारिक जीवन र समाजको पुनः स्थापनको विकाश होस ।
तसर्थ म सवै शेर्पा व्याक्तित्वहरुमा यस कार्यमा सहयोगी बन्न आव्हान गर्दछु । यदि सवै शेर्पाले दायित्व बोध गरी प्रतिव्यक्ति वार्षिक १,००० रुपैयाको दरले तीन वर्ष सम्म मात्र अथवा प्रतिव्यक्ति रु. ३,००० एक पटक सहयोग गरेमा यो उद्देश्यले गन्तव्य प्राप्त गर्न सक्छ । मेरो विचारमा यो हाम्रो अति टट्कारो आवश्यकता मध्येमा पर्ने भएकोले अरुको भर पर्नु भन्दा सुरुवात आफै गर्दा राम्रो हुन्छ ।
यस कार्यमा सहयोाग गर्न चाहनेले संस्थाको बैंक खातामा वा रसिद लिई नगद सहयोग गर्न सक्नुहुनेछ । सहयोगीहरुको नाम सहितको सूची र प्राप्त रकमको विवरण वेभसाइडमा प्रष्ट राखी सबैको जानकारीमा राखिने छ ।
तर यस महान कार्यमा शुभइच्छा राख्ने सवैको सहयोग ग्रहण गरिने छ ।
ङिमा देण्डी शेर्पा
अध्यक्ष
पिके हिस सोसियल अर्गनाइजेशन
केन्द्रीय कार्यलय, ठमेल, काठमाडौं,
phisonepal@gmail.com
phisonepal@gmail.com