• language
  • language
  • Home
  • About us
  • About Sherpa
    • शेर्पा र बुद्धधर्म
    • शेर्पाहरुको मुख्य चाडपर्व
    • शेर्पा भन्ने नामकरण कसरी भयो
    • शेर्पा भाषा
    • शेर्पा भाषा किन सिक्ने ?
    • मातृभाषा खर्चेर नै सिक्नु पर्छ ?
    • शेर्पाहरुको बास स्थानान्तर
    • विद्याको स्वभाव
    • साम्भोटा लिपि
    • व्याकरण
    • शेर्पाहरुको दैनिक जिवन
    • शेर्पाहरुको खानपान
    • शेर्पाहरुको व्यवहार
    • शेर्पाहरुको पोशाक
    • शेर्पाहरुको पेशा
    • शेर्पाहरुको वर्तमान काल
  • Buddhism & Beliefs
    • A Brief Introduction to Buddhism
    • The Twelve Deeds of Buddha
    • Guru Padmasambhava
    • History of The Nyingma Doctrine
  • Langague & Alphabet
    • विश्वका भाषा र लिपिहरुको छोटो इतिहास
    • लिपिको विकास
    • भारतमा लिपिको सुरुवात
    • तिब्बतमा लिपिको सुरुवात
      भाषा र लिपिको स्थानान्तर इतिहास
      भाषा र लिपि लोप हुने कारण
      भाषा र संस्कृतिहरू नष्ट हुने कारणहरु
      भाषा र लिपि नष्ट भएको अन्तिम परिणाम
      भाषा नष्ट हुनबाट कसरी रक्षा गर्नै
  • Conversation
    • Grettings and Farewells
    • Common Words or Expressions
    • Studying Sherpa Language
    • Pronoun and Adverbs
    • My Family
    • At The Airport
    • Hiring a Taxi
    • At a Hotel
    • Solu Khumbu Four Seasons
    • Asking About Time and Date
    • Traveling by bus/ Micro
    • At The Bank
    • Visiting A Doctor
    • Ordering a Meal
    • Cardinal Numbers
    • Ordinal Numbers
    • Percantages
    • Animals
    • Days, Months & Seasons
    • Colours
    • Trees
    • Flowers
    • Fruits
    • Vegetables
    • Meat
    • Parts of Body
    • Cloths
    • Jewels & Ornaments
    • Musical Instruments & Terms
    • Domestic Goods
    • Professions
    • Spices
    • Stationery
    • Transportation
    • Geography
    • Relatives
    • Ranks
    • In a Monastery
    • Sherpa New Year
  • Dictionary
    • शोर्पा भाषाको वर्णमाला
    • A
    • B
    • C
    • D
    • E
    • F
    • G
    • H
    • I
    • J
    • K
    • L
    • M
    • N
    • O
    • P
    • Q
    • R
    • S
    • T
    • U
    • V
    • W
    • X
    • Y
    • Z
  • Gallery
    • Image Gallery
    • Video Gallery
    • Audio Gallery
    • Songs Gallery
  • Contact
Menu
We are Sherpa

भाषा र लिपि नष्ट भएको इतिहास

भाषा र लिपि नष्ट भएको इतिहास

तेस्रोमा भाषा र लिपि नष्ट हुनुको इतिहासलाई छ उपशिर्षकमा अध्ययन गर्न सकिन्छ :
क) भाषा र लिपि नष्ट हुन स्वभाव
ख) भाषा र लिपि नष्ट हुने पद्धति
ग) भाषा र लिपि नष्ट हुने कारण
घ) भाषा र लिपि नष्ट हुने लक्षण
ङ) भाषा र लिपि नष्ट भएको अन्तिम परिणाम
च) भाषानष्ट हुनबाट कसरी रक्षा गर्ने ?
 
क) भाषा र लिपि लोप हुने स्वभाव
पहिले भाषा र लिपि नष्ट हुने स्वभावको बारेमा भन्नु पर्दा भाषा र लिपिको मृत्यु भनेको भाषा र लिपिहरू उत्पन्न भई केहि समयसम्म जीवित रहि अन्त्यमा सबै सर्वनास भई त्यहाँदेखि यस संसारमा त्यो भाषा बोल्ने मान्छे एउटा पनि नरहेको अवस्थामा पुग्नु हो । उदाहरणको लागि (Kasabe) कासाबेको भाषा सन् १९९५ (उनाईस सय पन्चानब्बे) नोवेम्बर ४ (चार) को दिनसम्म जीवितै रहेपनि नोवेम्बर ५ (पाँच) को दिन नष्ट भए जस्तो । यो भाषा बोल्ने मध्ये अन्त्यमा (Bagon) बगोन भन्ने एउटा बुढो मान्छे मात्र थियो । त्यो भाषा बोल्ने उ बाहेक अरु कोहि थिएन । उसको १९९५ (उनाईस सय पन्चानब्बे) नोवेम्बर ५ (पाँच) को दिन मृत्यु  भएर कासाबे भाषा पनि यस संसारदेखि उ संग–संगै सदाको लागि नष्ट भएर गयो । उसको पछि एउटा वहिनी रहेपनि उनले कासाबेको भाषा सुन्ने बाहेक बोल्नु जान्दैन थिइन । छोराछोरी र भान्जा भान्जिहरू भित्र त्यो भाषा जान्ने एउटा पनि नभएकोले गर्दा त्यो भाषा यसधर्तीबाट सधैको लागि लोप भयो । भाषा र लिपि भनेको संस्कार, संस्कृति र विद्या सबैको आश्रय लिने ठाउँ हो भने त्यहि नष्ट भयो भने त्यसलाई आश्रय लिएको सबै विद्या संस्कार संस्कृतिहरूसंगै नष्ट भएर जान्छ ।समुन्द्रमा गईरहेको पानी जहाज कुनै कारणले क्षति ग्रस्त भयो भने त्यस भित्र रहेको जनजीवन, धन सम्पत्ति सबै समुन्द्रमै डुबेर नष्ट भए जस्तै हो भाषाजस्ले गर्दा सबै मानव जातिमा ठूलो घाटा लाग्छ । जुन जातको मातृभाषा र लिपि नष्ट हुन्छ त्यो जातको भाषा नष्ट हुनु संगसंगै त्यो जात पनि लुप्त भएर जान्छ । धेरै क्षति भयो कि थोरै क्षति भयो परिक्षण गर्ने कुनै ठाउँनै हुदैन । त्यसैले गर्दा ती जातिय मान्छेहरूको बिद्या संस्कार, संस्कृति सबै नष्ट हुन्छ । अन्त्यमा त्यो जातको मान्छेहरू पनि स्वत अरु कुनै जातमा परिणत हुन्छ र पहिलेको कुल समेत नदेखिने अवस्थामा पुग्छ । जुन जातको मान्छेले आफ्नै मातृभाषा बोलेन भने त्यो जातको कुनै औचित्य रहदैन ।
 
ख) भाषा र लिपि नष्ट हुने पद्घति
भाषा र लिपि कसरी नष्ट हुन्छ भन्दा बिसौं शताब्दी भित्र एक हजार भन्दा बढि भाषाहरू यस संसारबाट लोप भएर गएको बताइन्छ । आजकल कम्तिमा पनि दुई हप्ता, पन्द्र दिन जतिमा एक–एक वटा भाषा लोप भएर जाने बताइएको छ । अमेरिकाका भाषाविद् मिचएल क्रौस्स लगायतका भाषाविद्हरूले एकै स्वरमा आज भन्दा १०० (एक सय) बर्ष पछि मनुष्य जातिको मातृभाषा पचास प्रतिशत जति नष्ट भएर जान्छ भनेका छन । मानव जातिको भाषाको पचास प्रतिशत भनेको तीन हजार भाषा जति हो । एक सय बर्ष चाहिँ बाह्र महिनामा भाग गर्दा बाह्र सय महिना हुन्छ । माथिको भाषाको संख्या त्यसमा भाग लगाउँदा समानता दुई हप्ता जस्तोमा एक–एक भाषा नष्ट भएर अन्त्य हुन्छ । फेरि मिचएल क्रौस्सले धेरै चोटि हिसाब गरि यस अनुसार हुन्छ भन्ने मेरो बिचार हो भन्नु भएको छ । बाहिरी रुपमा द्रव्य वस्तुहरू व्यापक रुपमा फैलिरहेको अहिलेको समयलाई हेर्दा पछिल्लो शताब्दीको यस समयमा मानव जातिको भाषा अत्यधिक मात्रामा प्रत्यक्ष रुपमा लोप नभए पनि नष्ट हुने खतरामा रहेको बताइएको छ । त्यसलाई हेर्दा ६०० (छ सय) जति मातृभाषामात्र नभए अरु सबै नष्ट हुने नजिक पुगेको देखिन्छ । यहाँ अनुमान गरिएको अनुसार मातृभाषा छ हजारजति नष्ट भएर जान्छन । सुरुमा बढि जस्तो एक हप्ता वा एक हप्ता अलि बढिमा एक–एक वटा मातृभाषा नष्ट हुने वा नष्ट हुने खतरामा पुगेको  देखिन्छ । संयुक्त राष्ट्र, शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (UNESCO) ले सन् २००९ फेब्रुअरी २८, (१७ फागुन २०६५) मा फ्रांसको राजधानी पेरिसमा प्रसार गरे अनुसार विश्वका भाषाहरू मध्ये पच्चीस प्रतिशत जति अति दुर्लभ, अति खतराको मोडमा गुजरीरहेका छन् । यो गन्ति सन् २००१ (दुई हजार एक) को हो । आज यो भन्दा कयांै बढि सक्यो होला । यसैलाई मुल आधार मान्दा २५० (दुई सय पचास) वर्ष पछि मान्छेहरूले अंग्रेजी, चिनियाँ, स्पेन, हिन्दी, पोर्चुगल, र जापानीभाषा बाहेक अरु भाषा बोल्न नजान्ने बताउँछन् । धेरै भाषाहरू अहिले प्रत्यक्ष रुपमा नष्ट नभए पनि ती भाषा बोल्ने मान्छेहरू थोरै संख्यामा भएकोले नष्ट हुने खतरामा देखिन्छ । मातृभाषा बोल्ने जनसंख्या धेर थोरबाट हेर्दा विश्वको एकाउन्न वटा मातृभाषा बोल्ने मान्छे एकजना भन्दा बढी छैनन् । पचासवटा मातृभाषा बोल्ने मान्छे दश जना भन्दा बढी छैनन् ।पाँच सय वटा मातृभाषा बोल्ने मान्छे एक सयजना जति पनि छैनन् । पन्द्र सयभाषा बोल्ने मान्छे एक हजार जना जति पनि छैनन । पाँच हजार भाषा बोल्ने मान्छे एक लाख जना जति पनि छैनन् भनिन्छ । यी भाषाहरू पनि क्रमश नाशिदै अन्त्यमा बोल्ने मान्छे त्यति मात्र रहेको हो । पहिला देखि नै एउटा भाषा बोल्ने मान्छे दश जना जति मात्र भएको चाहिँ कदापि हैन । उदाहरणको लागि अमेरिकामा पहिलेको समयमा मातृभाषाबोल्ने एक हजार जति भए पनि अहिले संविधानअनुसार चलिआएको भाषा दश वटा जति पनि छैन । क्यानाडामा सन् १९८१(उनाईस सय एकासी) सम्ममा पचासवटा मातृभाषा भए पनि सन् १९९६ (उनाईस सय छयानब्बे) मा बोल्ने मान्छे अलि बढि भएको भाषा तीन वटा जति मात्र थिए ।अष्ट्रेलियामा अठारौ शताब्दीमा दुइ सय जति मातृभाषा रहे पनि अहिले पच्चीस वटा पनि छैनन् । ब्राजिलमा सन् १५०० (पन्द्र सय) तिर मातृभाषाको संख्या एघार सय पचहत्तर जति रहे पनि अहिले बाँकी रहेको दुई सय भन्दा कम रहेको देखिन्छ । हाम्रो नेपालमा पनि धेरै भाषा र लिपिहरु नष्ट भै सक्यो भने कयौ नष्ट भैरहेका छन् । यीनिहरू चाहिँ विश्वमा भाषाहरू नष्ट भएको कार्यविधि हुन् ।
 
ग) भाषा र लिपि नष्ट हुने कारण 
भाषा र लिपि नष्ट हुनुको निम्न ३ कारणहरु छन् :
१) कारणहरू पहिचान गर्नु 
२) ती कारणहरूको असर मूल्यांकन गर्नु
३) ती कारणहरू हाम्रो भाषामा छ छैन परीक्षण गर्नु 
 
१) कारण पहिचान गर्नु 
कारण पहिचान गर्नुमा तीन कारणहरू छन् :
।.बाहिरी कारण
।।.भित्री कारण
।।।.भाषा लिपि आफ्नै स्वभावका कारणहरू 
 
।.बाहिरी कारण
बाहिरी कारणमा भाषा तथा लिपि नष्ट हुने चार कारणहरु रहेका छन् । जुन यस प्रकार छनः
 
१. राजनितिक कारण 
२. श्रीसम्पत्तिको कारण
३. भाषासंस्कृतिको कारण 
४. सामाजिक कारण
 
१. राजनीतिक कारण 
पहिला राजनीतिक कारण चाहिं राजनितिक सिद्धान्तबाट अधिकार जमाउनेहरूले आ–आफ्नो राजनीतिक सिद्धान्तको आवश्यकता अनुसार अधिकार जमाएर मूल वासीहरुको भाषा र लिपिहरूलाई धेरै उपायहरू निकालेर नष्ट गरि आफ्नो भाषा र लिपिलाई व्यापकताका साथ फैलाउने कोशिस गरेर पूर्ण रुपमा फैलाए  धेरै उपायहरू मार्फतः अधिनायकवाद, निरंकुश शासन, आक्रमणका रुप, शान्तिका रुप, कुनै प्रत्यक्ष र कुनै अप्रत्यक्ष रुपमा । तत्काल नष्ट पार्नु र बिस्तारै–बिस्तारै नष्ट पार्नु, अरुले नष्ट पार्नु र आफैलाई नष्ट पार्नु लगाउनु लगायत नानाथरिका धेरै उपायहरू निकालेर धेरै कार्यक्रमहरू बनाएर ती उपायहरूले आक्रमण गरि मूलवासीहरुको भाषा र लिपिहरू नष्ट गरि आफ्नो राजनितिक उद्देश्य पुरा गरे भने गाउँ घरमा स्कूलहरू बनाई जुन मूलवासीहरुकोे एउटा पनि भाषा स्कुलको पाठ्यक्रम समावेश नगरीे दैनिक बोल्ने भाषालाई जंगली, बुद्धु, अल्छि, उत्साह रहित र क्रुर आचरणवाला भाषा जस्ता धेरै नराम्रो नामकरणहरु गरि उनिहरूलाई आफ्नो भाषाबोल्न समेत लाज लाग्ने बनाए । त्यस्तो खालको अति महाभय क्रियाकलापहरू रचेर भाषा लिपि सबै ध्वस्त पारे । यस्ता क्रियाकलापहरूलाई उग्रपन्थी उपाय अर्थात् प्रत्यक्ष रुपमा भाषा संस्कृति नष्ट गर्ने कसाई नामकरण गरिन्छ । उनिहरूले मातृभाषा नष्ट गरि त्यहिँ कुलोमा आफ्नो भाषा संस्कृति र लिपिहरू व्यापक रुपमा फैलाउँन चाहन्छन् । 
 
राजनीतिमा होमिएकाहरूले उनीहरूको भाषा र सिद्धान्त नजान्ने मान्छेलाई बुद्धु, अल्छि, उत्साह रहित र क्रुर आचरणवाला जस्ता नामकरण गर्दछन् र उनिहरूले आर्थिक, सामाजिक, शैक्षिक आदि विषयमा पनि पछि पार्न छाड्दैनन् भने सभ्यता नभएको, भाषामा अंन्धकार, पछाडि रहनु, नछिपेको, नराम्रो र प्रगति हुनुमा निरोधकका कारण जस्ता नामकरण गरेर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रख्यात गर्छन् । नेपालमा रहेको बहु धमर्, बहु जाति, बहु भाषा, संस्कार र सांस्कृतिहरू नष्ट गर्नको निम्ति प्राथमिक, निम्न माध्यमिक र माध्यमिक जस्ता स्कुलहरूमा ति मूलवासीहरूको जातीय मातृभाषा कुनै पनि समावेश गरिएको छैन । त्यसै कारणले उहिले देखिअहिले सम्ममा कैयांै भाषाहरू नष्ट भईसकेका छन् भने कति नष्ट भैरहेको छन् । 
 
यी सबैको मूल कारण चाहिँ स्कुलमा मातृभाषाको पाठ्यक्रम नभएकै कारणले हो । जहाँसम्म मलाई लाग्छ यसमा गहिरो राजनीतिछ। त्यसैगरि मातृभाषा मात्र बोल्नेहरूले समाजको अधिकार र सम्पत्तिको आय स्रोत इत्यादिबाट धेरै फाईदाहरू पाउँदैनन् । अधिकार जमाउँनेहरुको भाषा नसिके, उनिहरुको भाषा प्रयोग नगरे, कुनै उपाय नभएर उनिहरूले हानिकारक उपायहरू लगाई शक्ति प्रयोग गरेर, नानाथरिका उपायहरू अपनाएर, मातृभाषामात्र बोल्ने मान्छेहरूलाई तिमीहरुको भाषाचाहिँ पछाडि परेको, प्रगति गर्नको लागि र विकास गर्नको लागि निरोधक र बाधक भएको भन्ने गर्दछन् । यी कुराहरू साँचो रहेछ भनि आफ्नै मनमा शंका उपशंकाहरू उत्पन्न भई त्यतिखेर आफैले आफ्नो भाषालाई घृणा गरेर त्याग्नु पर्ने बाध्यता हुन्छ । त्यस समयमा अधिकार जमाउँनेहरूको उद्देश्य पुरा हुन्छ । यी सोचहरू युवा वर्गमा उत्पन्न गराउन सजिलो हुन्छ । तर तपाई हामी जोसुकै भए पनि सानैदेखि आफ्नो मातृभाषा, लिपि, संस्कार र सांस्कृतिलाई दोष दिने कोहि पनि हुँदैन । त्यसैले सर्वप्रथम त अरुको भाषा संस्कृतिको सिको गरे पनि आफ्नो भाषा, लिपि, संस्कार, संस्कृतिलाई रुचि राख्छन् ।
 
युवा अवस्थामा अरुको उपाय र नीतिमा होमिएको थाहा नपाएर आफ्नो भाषा र संस्कृति प्रति नानाथरिको आशंकाहरू उब्जिन्छन् । अन्त्यमा आफ्नो भाषा र संस्कृतिलाई दोषी देखाएर नानाथरिका दोषहरू लगाउँछन् । ती भाषा सँंस्कृति सम्हालेर बस्ने मान्छे र मातृभाषा मात्र बोल्ने बुढापाकाहरूलाई मूखर्, अन्धकार र पिछडिएको वर्गको रुपमा हेर्ने गर्दछन् भने आफ्नो पुख्र्यौली भाषा, लिपि, संस्कार, सांस्कृतिसबै लोप भए पनि आफ्नो भावी पिढिहरूलाई सिक्न दिदैनन् । त्यस्तो खालका मान्छे थोरै बढी भएको दिनमा दूधमा अमिलो हाले जस्तै गरी हाम्रो मातृभाषा, लिपि, संस्कार र संस्कृति सबै अर्कै स्वभावको हुन्छ । त्यो अलि फैलिएर गएपछि मानव जातिले आफ्नो समाजको अधिकार र मातृभाषा, लिपि, संस्कार र सांस्कृतिसबै पिछडिएको मानव जातिको परम्परा सम्झेर अरु मान्छेको अगाडि आफ्नो मातृभाषा बोल्न लाज मानेर हिचकिचाउँछन् । र अलिकति अरुको भाषा इत्यादि बोल्न जानेकोमा आश्चर्य र घमण्ड मानेर आफै निकै सिपालु भएको र ठुलो भएको ठान्छन् । त्यस्ता खालका प्रवृत्तिहरू हाम्रो समाजमा प्रतीत भएको खण्डमा हाम्रो मातृभाषा, लिपि, संस्कार र संस्कृतिसबै त्यागेर ती मानव जातिकै तनमन दुबैमा हक अधिकार जमाउँनेहरूको मुनि राम्रोसंग टुसाएर उनिहरूको सम्पूर्ण राजनितिक लक्ष्यहरू चरम बिन्दुमा पुग्न सफल हुन्छन् ।
 
यो चाहिँ स्पष्ट रुपमा नदेखिने उग्रपन्थी नभै उपाय र नीति लगाएर मानव जाति आफैलाई आफ्नो मातृभाषा, लिपि, संस्कार र सांस्कृति नष्ट गर्न र मार्न लगाउने अति धेरै जालसाजी एकदम खतरनाक प्रवृति हो । यस्ता खालका कुबिचार बोकेका राजनितिज्ञहरू विश्वमा जताततै छन् । यी उपायहरूलाई आजकल मिल्दोजुल्दो राजनिति भन्ने गरिन्छ ।यस्ता खालका कुबिचारबोकेका राजनितिमा हाम्रो शेर्पा दाजु भाइहरु पनि थोरै प्रवेश गरेका छैनन् । तपाईहरुको सिद्धान्त जेभए पनि आफ्नो मातृभाषा, धर्म, लिपि, संस्कार र संस्कृतिमाथि खेलवाड नगरी दिनु हुन हार्दिक अनुरोध पनि गर्दछु ।
 
२. श्रीसम्पत्तिको कारण 
मानव जातिमा आफ्नो मातृभाषालाई धेरै कारणहरूबाट वञ्चित गरिसमय र परिस्थिति अनुसार गाउँठाउँमा श्रीसम्पत्तिकमाउने शक्ति र अवसर चुनौति इत्यादि सबै कुनै अर्कै भाषाले खोसिएका समयमा मातृभाषा बाहेक अरु भाषा नजान्नेहरूलाई धनमाल र श्रीसम्पत्तिधेरै कमाउने अवसरबाट वञ्चित बनाएर जीविका चलाउने आवश्यक सामग्री र समाजको अधिकार इत्यादि धेरै कुराहरूमा अशक्तिशाली भनिएको दिनमा ती मानव जातिले मातृभाषालाई अनन्तदेखि गरेर अरुको भाषा सिक्न वाध्य हुन्छन् । त्यसबाट धेरथोर श्रीसम्पत्ति कमाउन थालेपछि अरुको भाषा सिक्नमा अनुपम खुशी मान्ने गर्छन् । ती कारणहरूले मातृभाषा नाश हुनुमा प्रमुख भूमिका निभाउछन् । फेरि हाम्रो राज्यको सबै कार्यालयहरूमा कार्य गर्न, पद र दर्जा पाउन सबै अर्कै भाषाले आफ्नो पेवा बनाईसकेको हुनाले मातृभाषा बोल्नेहरूलाई ती अवसरहरूबाट वन्चित हुनु पर्ने र राम्रो काम र ठूलो दर्जा पाउन अर्को शक्तिशाली भाषालाई अपनाउनु पर्ने,शक्तिशाली भाषालाईअपनायो भने श्रीसम्पत्ति, परिचारक र राम्रो काम पाउने हुनाले मान्छेहरू आफ्नो मातृभाषालाई सजिलैसँग त्यागेर अरु भाषामा आश्रय लिएको पाईन्छ । यो समयमा मातृभाषालाई अलिकति माया गर्नेहरूले पनि आँखाको अगाडि देखिरहेको श्रीसम्पत्तिनै मूख्य आधारमानि त्यसैको मुनाफा मात्र सम्झिनु पर्ने वाध्यता भएर भाषा सांस्कृति र सांस्कारलाई सम्झिन सक्ने चाहिँ अतिनै न्यून भएको छ । बिशेष गरेर आजकलको मान्छेहरू द्रव्य सम्पत्तिमा झन्झन् बढी लोभ गर्ने, धन सम्पत्तिको मुनाफा र लोभ लालचमा अति फसेकोले गर्दा यस्तो स्थिति आएको र समय समयमा विद्धावन वर्गहरूले आग्रह गरे पनि त्यस अनुरुप उपयोगी फल पाउन अति गाह्रो भएको देखिन्छ ।
 
३. भाषा संस्कृतिको कारण
अन्य जातिय र मूलवासीहरूको भाषा, संस्कृति संगै भेट्दा मूलवासीहरूको भाषा र संस्कृतिलाई नाश पार्नको निमित्त सर्बप्रथमतः मूलवासीहरूको भाषा र संस्कृतिहरुको हक अधिकार बिस्तारै–बिस्तारै गुमाएर मूलवासीहरूकोभाषा र संस्कृतिलाई अपमान गरेर न्यून रुपमा पु¥याउन प्रयास गर्छन् । मध्यमा ती मूलवासीहरूको भाषा सांस्कृतिभित्र कामकाजकोभाषा र संस्कृतिको नाना किसिमको दोषहरू जस्तैःनाम, पद र वाक्यहरु प्रयोजनको लागि घुसाएर अन्त्यमा कामकाजको भाषा र सांस्कृतिले उपकार हानि नोक्सान पु¥याई सधैको लागि नष्ट गरिन्छ । 
 
४. सामाजिक कारण
यसमा निम्न चार थरिका अवस्थाहरू देखा परेका छन् । 
क) पहिलो अवस्था
ख) दोस्रो अवस्था
ग) तेस्रो अवस्था
घ) चौथो अवस्था
 
क) पहिलो अवस्था 
कूटनीति, राजनिति, व्यापार र अरुकुनै पनि कामकाजहरू कामकाजीभाषा र लिपि बाटै चलनचल्ती गर्दा मूलवासीहरूको भाषा र लिपि प्रयोग गर्न नपाइ, फैलिएर जानको साटो विनाश हुदै गयो भनेआफ्नै प्रान्त र गाउँघरका मान्छेहरू आफ्नो मातृभाषा बाहेक कामकाजीभाषा नजानेको कारणले कुनै पनि काम गर्नु धेरै दुःख कष्टसंग जुध्नु पर्छ । जस्तैः राजनितिक दबाब, जीविका चलाउनुको दबाब, आवश्यक सामग्रीमाथिको दबाब र समाजको धेरै क्रियाकलापहरू माथि भएको दबाब इत्यादि हुन् । त्यस्तै दबाब दिएको कारणले कामकाजीकोभाषा र लिपिनअपनाए कुनै उपाए नभएर दोस्रोअवस्थामा प्रवेश गर्नु प¥यो ।
 
ख) दोस्रो अवस्था
त्यति धेरै दबाब मुनि थिचिएपछि कामकाजीकोभाषा र लिपि अध्ययन नगरि कुनै विकल्पनै नभएको हुनाले ३–४ घण्टाको बाटोमा कामकाजीकोभाषा सिक्न जान बाध्य हुने अवस्था आउछ । त्यसपछि समाजमा दुई वटा भाषा बोलिचालिमा आउन थाल्छन । अन्तमा एकै घरपरिवारभित्र पनि दुई वटा भाषा बोलेर बिस्तारै–बिस्तारै कामकाजीकोभाषा चाहिँ दशै दिशातिर फैलिएर तेस्रो अवस्थामाप्रवेश गर्नु प¥यो ।
 
ग) तेस्रो अवस्था
त्यसैगरि मातृभाषा र कामकाजीकोभाषा दुईवटा नै जानेर युवा पुस्ताहरूले अरुको भाषा बोल्न बढि रुचि देखाए । अरु मान्छेले पनि दोस्रो भाषा बोल्नेहरूलाई बढि मान्यता दिए।समय बित्दै जाँदा युवा वर्गमा मातृभाषा भित्रको नाम, पद र शब्द अर्थ बुझ्न अल्छि गर्ने र अरुको भाषा बोल्नुमा बढि रुचि राख्ने हुदै मातृभाषा भन्दा पनि अरुको भाषा बोल्न बढि सिपालु र सजिलोभएजस्लेगर्दा धेरै विषयहरू मातृभाषामा बोल्न नसक्ने र कामकाजीकोभाषामा सजिलै बोल्न सक्ने झलक र संकेत पनि महसुस भयो । मातृभाषा बोल्दा पनि अरुको भाषाको नाम, पद अति धेरै मिसाएर बोल्ने, अरुको भाषा बोल्न जानेन भने भाषा सांस्कृति नै नभएको जस्तो महसुस हुने र समाजमा केहि शक्ति नभएको श्रेणीमा भएको अनुभव हुने, यसै सिलसिलामा मातृभाषा बोल्दा लाजसरम मान्नु पर्ने र आफै अरु मान्छे देखि तल्लो स्तरको रहेछु भनी विना अवरोध प्रतिभास पैदा हुने यस्त कारणले गर्दा युवा पीढिहरू जम्काभेट हुने ठाउँ–ठाँउमा कामकाजीकोभाषा मात्र बोल्ने गर्छन् । 
 
त्यति मात्र नभएर आजकल धेरै जसोको घरमा मातृभाषा बोल्न छाडेर कामकाजीकोभाषा नै धेरै बोल्छन । यसलाई निरन्तरता दिदा मातृभाषा बढि मात्रामा बोल्ने बुढापाकाहरू पनि बिस्तारै बुढा हुने र मरेर जाने हुनाले मातृभाषा बोल्ने मान्छे दिनदिनै कम हुदै गएका छन भने कामकाजीकोभाषा बोल्ने मान्छेहरू दिनदिनै बढ्दैजादैछन् । तिनीहरूले आफ्नो मातृभाषालाई प्राथमिकता नदिएको मात्र नभएर आफ्नो भावी पिढी र सन्तानहरूलाई पनि मातृभाषा सिकाउन चाहदैनन् । यसो गर्दा छोटो समयमा नै जातीय भाषा, लिपि, संस्कार, सांस्कृती सबै जोखिम पुर्ण अवस्थामा पुगेर छिट्टै नष्ट हुने देखिन्छ ।
 
घ) चौथो अवस्थामा 
यसमा धेरै थरिका कारणहरू भए पनि केहि कारणहरू तल चर्चा गरिन्छ ।
क) मिश्रित बसोबास
ख) बहुसमुदायसँग बसोबास
ग) अन्य जातसँग विवाह
घ) विभेदकारी राज्य
ङ) आम संन्चार माध्यम
च) मतृभाषामा पठन पाठनको व्यवस्था नहुनु
छ) हिनताबोध 
ज) न्यून मातृभाषी
 
क) मिश्रित बसोबास
पहिलोमा अन्य जातसंग मिश्रित भएर बस्नु । एउटै गाउँमा अरुजातहरूसंग मिश्रित भएर बस्नु नै मातृभाषा विनाश हुनुको महत्वपूर्ण कारण हो । जस्को भाषा कमजोर छ उसको भाषाभित्र अरु भाषाको धेरै नाम र पदहरू मिसावट गरी, राजनिति, धन सम्पत्ति, भाषा र संस्कृति जे भए पनि दुई वटा भाषामा प्रतिस्पर्धा हुदा, शक्तिशालीले अशक्तको भाषा र लिपि सिक्ने अवसर सबै खोसेर नाम निसानानै मेटाई दिन्छ । र त्यस दिनदेखि अर्को जातमा प्रवेश हुन्छ । 
 
ख) बहुसमुदायसँग बसोबास
बहुसाख्यिक जातसंग मिसिएर बस्नु । जुन जातसंग मिसिएर बस्नु पर्छ त्यसको जनसंख्या आफ्नो जतिको जनसंख्याभन्दा बढि भए पनि मातृभाषा लोप हुने संभावना रहन्छ । जुन स्थानमा कुनै ठाउँबाट आएको मान्छेहरूको संख्यामूलवासीहरू भन्दा बढि छ भने मातृभाषाको विनाश हुन्छ । आफ्नै गाउँ, ठाउँ, राज्य कतै पनि त्यस जातको संख्या कम्ति भएको अवस्थामा त्यस जातको भाषा, लिपि, सांस्कृति सबैलाई अझै बढि खतरा भएर ती भाषा, लिपि, संस्कार, सांस्कृति सबै पेट्रोलमा आगोले छोए जस्तो छोटो समयमै लोप भएर जान्छन् । अन्तमा थोरैले धेरैलाई नसक्ने हुनाले भाषा, लिपि,संस्कार, सांस्कृति सबै नष्ट पारी आफ्नो कुनै परिचयनै खुलाउन नसक्ने अवस्थामा छाडिदिन्छ । विश्वमा धेरै प्रान्त र गाउँ ठाउँमा जनसंख्या कम भएका मान्छेहरूको भाषा, संस्कृति, र लिपिहरू त्यसैगरि नष्ट भएका उदाहरण धेरै छन् । यसको लागि बेलैमा सचेत हुनु जरुरी देखिन्छ ।
 
ग) अन्य जातसँग विवाह
आफ्नै जातसंग विवाह गर्नु ।आफ्नै जातसँग विवाह गर्नु भन्नाले हाम्रो आफ्नै चलि आएको रितिरिवाज अनुसार आफ्नै जातसँग विवाह गर्नु पर्छ भन्ने बुझिन्छ । यसो गर्दा आफ्नो धर्म, भाषा, संस्कार र संस्कृतिहरू संरक्षण गर्नुको लागि अति उत्तम हुन्छ । बुबाआमा दुबैले मातृभाषा बोल्यो भने छोराछोरी सबैले आफ्नोमातृभाषा सजिलैसंग बोल्न सक्छन् । पहिलो चोटि जानेको भाषाआमाको काखदेखि सिकेको आम वर्गमा बोलिने मातृभाषा भएको हुनाले त्यसमा गहिरो वासना बसेको हुन्छ, त्यसै कारणले अर्काको भाषा सिके पनि आफ्नो मातृभाषा विर्सन गाह्रो हुन्छ ।
 
घ) विभेदकारी राज्य
हाम्रो राज्यबाट कामकाजीकोभाषा बाहेक अन्य भाषाहरुको प्रयोग सरकारी कामकाजमा बन्देज लगाएर हाम्रो समाजलाई मातृभाषा प्रयोग गर्न थोरै पनि स्थान दिइएको छैन । उदाहरणको लागि बैंक, पोष्ट अफिस, उद्योग व्यवसाय, अस्पताल,कार्यालयहरू, बसपार्क र एयरपोर्टलगायत सामाजिक संघसंस्थानहरूमा मूलवासीहरूको भाषा र लिपि प्रयोग नगरेको कारणले मूलवासीहरूको भाषा र लिपि दिनदिनै नष्ट हुदैगएको र व्याकरणको सबै नाम पदहरु हराएर गएको हामीले प्रत्यक्षरुपमा देखि रहेका छौ । उदाहरणको लागि एउटा बैंकको वातावरणसम्वन्धि कति कुराहरू हामीले प्रयोग गर्न सक्दैनांै । त्यो संग सम्वन्धित शब्दहरू धेरै मात्रामा पहिला भएकाहरू प्रयोग नगरेर बीर्सेको र साथै नयाँ शब्दपनि निर्माण गर्न नसक्नाले गर्दा हम्रो भाषाको विकास हुन नसकेको हो ।
 
यसैगरिहाम्रो समाजमा बाहिरी रुपमा जति पनि उपकरणहरु विकास भएर जान्छन् त्यति नै भित्री ज्ञान जस्तै धर्म, भाषा, लिपि, संस्कार र संस्कृति चाहिँ प्रगति गर्न नसकि लुप्त भएर गइरहेको देखिन्छ । यो छोटो समयमा नै हामीले तीमातृभाषाहरू त्यागेर अन्तत एक दुई जनाको मुखबाट मात्र सुन्न सकिने त्यस्तो ठुलो परिवर्तन आइसक्यो । यस्तै परिस्थितिसंग जुधेर जाने हो भने केहि सालभित्रै हाम्रा कति मातृभाषाहरू चाहिँ यस संसारबाट लोप हुनछ होल ?
 
ङ) आम संन्चार माध्यम
सामाजिक समाचार र पत्रपत्रिका इत्यादि सबै कामकाजीकोभाषा रलिपिमाप्रसारण हुनु रवास्तवमा भन्नुपर्दा आजकल सबैको घर–घरमा टेलिभिजन दूरदर्शनतथा इन्टरनेटइत्यादिदूरसंचार यन्त्रद्वारा सुलभ रुपमा सहजै अपनाउन सक्ने र हाम्रो मान्छेहरुले पनि त्यस माध्यमबाट प्रसार भएको कार्यक्रमहरु मात्र हेरेर मातृभाषामात्र नभै मूलवासीहरूको खानपान, लत्ता कपडा, सोचविचार र विशेष गरेर जिवनशैली समेत अरु जातमा परिणत भएको देखिन्छ । त्यसलाई भाषाविद्हरूले भाषा, सांस्कृति नष्ट पार्ने नराम्रो विष भएको संकेत दिएका छन् ।
 
च) मातृभाषामा पठन पाठनको व्यवस्था नहुनु
आफ्नो विद्या राम्रोसंग पठन पाठन अभ्यास गर्न नपाउनु नैभाषा लोप हुनेमूल कारण हो ।नेपाल सरकारले मूलवासीहरूको कुनै पनि मातृभाषालाई स्कुल कलेजमा पढाउँने जमर्को गरेको छैन भने उनीहरूको प्रान्त र गाउँ ठाउँमा जनसंख्याको क्रम अनुसार पनि मातृभाषामा पढाई लेखाइको केहि चासो समेत दिइएको छैन । हाम्रो आफ्नै विद्या नभएको पनि हैन । हामीमा यस्तो विद्या छ जुन विद्या अभ्यास गर्नाले लोकलोकोत्तरको हित हुने र विस्तारै विस्तारै संवृद्धि र संबोधि प्राप्त हुन्छ । त्यसै गरी भाषा, लिपि, संस्कार र सांस्कृति सबै हाम्रो आफ्नै छ ।माथि उल्लेख गरे जस्तैबौद्ध धर्म, दर्शन, व्याकरण एवं इतिहास आदि विषयहरुका शास्त्र संग्रह भएता पनि शिक्षा क्षेत्रमा राज्य सरकारको कानमा तेल हलेर आँखामा कालो पट्टी बधेर बसेर बजेट छुटाउँदा बढि जस्तो बजेट शिक्षा क्षेत्रमा छुट्याइए पनि मूलवासीहरूकोे भाषा र लिपि पढाई लेखाईको निम्ति भने शुन्य नै छ । यो सबै राज्यले फोहोरी राजनिति अपनाएको कारणले गर्दा नेपालको धेरै भन्दा धेरै मातृभाषा, लिपि र विद्याहरूसबै नष्ट भएको हो । 
 
सरकारले सौतेनि व्यबहार गरेपछि हाम्रो पुख्र्यौलीको जतिपनि महाबिद्याहरु छन् ती सबै नष्ट हुदै गईरहेका छन । जसमा बुद्धको वचन त्रिपिटक छन् । त्यसमा १०४ (एक सय चार) पोथी ग्रन्थहरू छन् । त्यस भित्र पाँच महाबिद्या र पाँच लघु बिद्या छन् । पाँच महाबिद्यामा शिल्प विद्या, चिकित्सा विद्या, शब्द विद्या, हेतु विद्या र अध्यात्म विद्याहरू समावेश गरिएका पाईन्छ भन ेपाँच लघु बिद्या भित्र काव्य विद्या, अभिधान विद्या, छन्द विद्या, ज्योतिष विद्या, नाटय विद्या रहेको छ । अनुदित बौद्ध धर्म दर्शनमा व्याकरण एव्म इतिहास आदि विषयहरूमा शास्त्र संग्रह छन् । जसमा २१८ (दुई सय अठार) पोथी ग्रन्थहरू रहेका छन् । तेसैगरी दीर्घागम बुद्ध वचन, निधि प्रप्य धर्म र शास्त्रका ग्रन्थहरु प्रशस्तै छन् ।  
 
यसमा हाम्रो समाजका विद्धावान वर्गहरु, जो सरकारवालहरुसंग पहुँच छन उहाँहरुले राज्य सरोकारवालासंग विचार विमर्श गरी आफ्नै भाषा र लिपिमा आफ्नै गाउँठाउँमा, आफ्नैै प्रान्तमा र आफ्नैदेशमा शिक्षण प्रणालीको ब्यवस्था गर्नु पर्छ । अध्यात्म विद्या जस्तो विषयमा अहिले मै हो भन्ने वैज्ञानिकहरू पनि धेरै पछि नै रहेका छन् । तर दुःखको कुरा मान्छेहरू यो जुनिलाई मात्र संम्झेर एक पेट खानु र एक सरो लाउनको निम्ति नै भएपनि कामकाजीकोभाषा र अंग्रेजीभाषा लगायत अरु भाषाहरू सिक्न बाध्य छन् । त्यसकारण अहिले हाम्रो मान्छेहरू आफ्नो लिपि जान्ने बढीमा १% होला । यस्तो स्थितिमा भोलिका दिनहरूमा हाम्रो धर्म दर्शन, व्याकरण, भाषा, संस्कार, सांस्कृति, इतिहास सबै कुन स्थितिमा पुग्लान्? तपाईले सजिलैसंग अनुमान गर्न सक्नु हुन्छ । माथि उल्लेखित गरिएको त्रिपिटक र शास्त्र ग्रन्थहरूहाम्रो मान्छेहरूले ठुलो ठुलो राम्रो क्षोश्यमपुजा कोठा बनाई सजाएर पुजा गरि राख्ने गर्छन् । त्यो एउटा राम्रो पक्ष हो तर खासगरि यी सबै हामीले पढेर, लेखेर, अभ्यास गर्नु र अध्ययन गर्नुपर्ने कुराहरू हुन् । त्यसैले बुद्धले भन्नु भएको छ । “मैले त तिमीलाई स्वर्गको बाटो देखाई राखेको छु । स्वर्ग जाने नजाने तिमी आफैमा भर पर्छ” । त्यसैले हामीसंग विद्या नभएको हैन । यसलाई निरन्तरता दिन नसकेको कारण चाहिँ 

क) राज्य सरकारको कुव्यवहार 
ख) हामी सबै श्रीसम्पत्तिकै लागि लोभ लालचमा फसनु 
 
छ) हिनताबोध 
समाजको बारेमा भन्नु पर्दाः हाम्रो समाजमा बैंक, पोष्ट अफिस, अस्पताल लगायत कुनै पनि सार्वाजनिक कार्यालयहरूमा आफ्नो मातृभाषा बाहेक अरु नजान्नेहरूले पैसाको लेनदेन, चिठी पठाउँन, बिरामी जचाउँन, पुलिस रिपोर्ट लेख्नु इत्यादि सबैमा केहि गर्न नसेकेको हामीसबैले प्रत्यक्ष रुपमा देखेकै छौ । यी सबै भित्र हाम्रो मातृभाषाको केहि अधिकार नभएको स्पष्ट भैसकेको छ । यी प्रान्त र क्षेत्रका नेताहरू पनि कामकाजीकोभाषा लिपि नै सिक्दछन् भने परिवारभित्र पनि मातृभाषा बोल्नेहरू दिनदिनै कम हँुदैछन् । धनसम्पत्तिको लोभलालचमा अवलम्बन गरि छोराछोरीहरूलाई पनि आफ्नो मातृभाषा र लिपि सिक्न नलगाई कामकाजीकोभाषा र अंग्रेजी भाषाहरू मात्र सिकाएर नयाँ वर्णशंकट ९जथदचष्म० धेरै मात्रामा जन्माउदैछन् । कहिले कहिं बुढापाकाहरूले मातृभाषामा केहि कुरा सोधे नयाँ पिढी युवावर्गले नजानेर वा भन्न अप्ठेरो मानेर कामकाजीकोभाषामै उत्तर दिने गर्छन् । त्यस अवस्थामा किन यस्तो गरेको भन्दा अप्ठेरो लाग्छ भन्दछन् । आजको यूवा पिढिहरूले यस्तोकुरा गरे भोलिको दिनमा हाम्रो मातृभाषाकहाँ पुग्ला? आजकल जो कोही गाँस, बास, कपासको निम्ति आफ्नो जन्मथलो छोडेर कुनै पनि प्रान्तमा र देश विदेशमा बसोबास गर्दै आएका छन् । त्यहाँ उनिहरूले आफ्नो भावी पिढीहरूलाई मातृभाषा सम्बन्धि केहि चिन्ता नलिएर त्यहाँका युवा पिढीहरू आफ्नो मात्रृभाषा नै नजान्ने भएका छन् । आजकल हाम्रो समाजमा कोही अज्ञानीहरूले अरुको पछि लागेर आफ्नै जातिय धमर्, भाषा, लिपि, संस्कार, संस्कृतिलाई पिछडिएको, पुरानो सोचबिचार बोकेको, उन्नति र प्रगतिको बाटोमा निरोधक रहेको भनि नानाथरिको दोषहरू देखाउँनु र त्यति मात्र नभई निसंकोच त्रुटिहरू देखाई त्यसलाई अरु समक्ष जति सक्दो प्रचारप्रसार गरिरहेको हुनाले मातृभाषा नष्ट गर्नुकै निमित्त भित्रि कारणहरू पनि सबै एकत्रित भएको छर्लङ्ग देखिन्छ ।
 
न्यून मातृभाषी
आठौमा मातृभाषा बोल्ने मान्छे कम भएमा भाषा लोपउन्मुख हुन्छ । ती मातृभाषा बोल्ने मूलवासीहरुको जनसंख्या कुनै पनि कारणले पहिल भन्दा कम हुनु । जस्तै चार तत्वले विनाश पु¥याएको वा दुःख विरामी लडाई, झगडा इत्यादिले गर्दा कम भएको जे भएपनि त्यो भाषा बोल्ने जातको संख्या कम भएमा मातृभाषा नाश हुने एउटा मूल कारण हो । जनसंख्या कम भएमा भाषा नाश हुने निश्चित नभए पनि वास्तवमा भन्नुपर्दा जनसंख्या कम हुनु नै भाषा संस्कृति लामो समयसम्म नटिक्नुको कारण हो । कारणहरुमा अरु पनि धेरै मिल्दोजुल्दो कारणहरुछन्, तिनीहरु पनि एक अपासमा एक बाट आर्को उत्पन्न हुने र त्यसमा पनि एकै स्वभावमा अलग अलग निवत्र्तन भएका पनि छन् । यिनिहरू सबै हाम्रो मातृभाषा लोप हुनुका बाहिरी कारणहरू हुन् । 
 
।।. भित्री कारणहरू यस प्रकार छन् 
माथि उल्लेख गरिएको कारणहरूलाई देखेर मातृभाषा बोल्यो भने समाजमा टाउको उठाउन नसक्ने देखेर निरन्तर त्यसलाई समाल्ने र बृहत रुपमा प्रचारप्रसार गर्ने फैलाउने विस्तार गर्ने जस्तो कार्यमा हामीले केही गर्न चाहेनौ ।हाम्रो समाजमाहाम्रो मान्छेलाई त्यस्ता प्रतिभा र रुचि नभएको र एक दुई जना भएकाले पनि देखाउन हिचकिचाउने गर्छन् । पिछडिएका जात भन्ने एउटा निमुखो नामलाई सम्झेर मातृभाषा बोल्न लाज मान्ने गर्छन् । त्यतिमात्र नभएर आफ्नो भाषा, लिपि, संस्कार सांस्कृतिको केहि मोल थाहा नपाउनुको कारणले गर्दा पनि हामीहरूले भाषा, लिपि, धर्म, संस्काररसंस्कृतिको प्रगतिमा पनि खासैकेही उन्नति र प्रगति गर्न नसकेको होभने दिन प्रतिदिन लोप हुदै गएको कारणले गर्दा त्यस्को उत्थान पनि हुन सकेको छैन ।यसैले माथि उल्लेख गरे जस्तै हाम्रो राज्य र सरोकारवालहरुलेअधिनायकवाद, निरंकुश शासन चलाई मूलवासीहरुको धर्म, भाषा, लिपि, संस्कार सांस्कृति सबै नष्ट गर्नुमा कोशे ढूंगा सावित भएको देखिएको छ । 
 
हामीहरु आफ्नो व्यक्तिगत सम्पत्ति, पद, उपाधि मात्र महत्वपूर्ण मानेर मानव जात र मातृभाषा, लिपि, धर्म, संस्कार र सांस्कृतिको कुनै संज्ञा नै नभएर जे भए पनि होस् जस्तो संमmेर आफै पनि मातृभाषा बोल्न नचाहने र आफ्नो छोराछोरी, नातिनातिनी र आफन्तहरूलाई पनि आफ्नो मातृभाषा सिकाउन नचाहने स्थितिमा पुगेका छौ । त्यति मात्र नभैआफ्नो भाषा, लिपि, धर्म, संस्कार र सांस्कृतिलाई अलिकति पनि माया नभै अझै उल्टो धेरै दोषहरू र कमी कमजोरीमात्र देखाउछौं ।यी सबै कुरालाई मध्यनजर गर्दैतपाई हामी जो कोहीले पनि आफ्नो जातिय विकृति हटाउनुचाहिँ अति आवश्यक हुन्छ । कतै आफ्नो जातिय भाषा, लिपि, धर्म, संस्कार,संस्कृतिलाई हामी आफैले दोषी मानेर रक्षा गर्न सकेनौ भने अरु कस्ले रक्षा गर्छ?यस्तै तरीकाले हो भने हाम्रो भाषा, लिपि, धर्म, संस्कार रसंस्कृति सबै अवश्य पनि नष्ट हुन्छ । त्यसरी मनुष्य आफैले आफ्नो भाषा त्याग्नेलाई भाषा आत्महत्या गरेको भनिन्छ । अरुले त्याग्न लगाएकोलाई अर्काले हत्या गरेको भाषा भनिन्छ भने अरुको भाषा नष्ट कारक भनिएको भाषाहरूलई अरुको भाषा मार्ने हत्यारा भनिन्छ । 
 
।।।.भाषा र लिपिका आफ्नै स्वभावका कारणहरू
मानव भाषा जसको संकेत, नाम र पदको शक्तिले समाजमा चाहिंदो इच्छाहरू पुरा गर्नु नसक्नु र जुन भाषामा लिपि नहुनु, भएको पनि प्रयोमा ल्याउन नसक्नु, सामान्यता जनसंख्या कम हुनु, जताततै गएर बस्नु, अरु जातसंग विवाह गर्नु र अरुको भाषालाई वढि महत्व दिनु ईत्यादि नै मुख्य कारणहरू हुन् ।
 
२) ती कारणहरूको असर मूल्यांकन गर्नु
ती कारणहरू मध्ये कुनले बढी असर पर्ला भन्दा कसैले धनसम्पत्ति मुख्य कारण भन्छन् । कसैले कागजी समाचाररपत्रिकाहरूमा आफ्नै मातृभाषा नहुनु । मातृभाषामा टिभी कार्यक्रमहरुनहुनु इत्यादि हो भन्छन् भने कसैले राजनितिक शक्तिहरूको नराम्रो प्रभाव परेको त कसैले मानव जाति आफ्नै विकृतिहरू मुख्य कारण हुन् भन्छन् । यसरी धेरै फरक मतहरू देखिए पनि त्यस मध्ये सम्पत्तिको फाईदा बेफाइदा र राजनीतिक शक्तिको प्रभाव, बसाइ सरी जताततै गएर अरुजात संग मिसिएर बस्नु, मानव जाति आफ्नै रुचि इत्यादि चाहिँ प्रभावकारी रुपमा कारक देखिन्छन् ।
 
३) ती कारणहरू हाम्रो भाषामा छ छैन परीक्षण गर्नु 
ती कारणहरू हाम्रो भाषामा छ छैन हेर्दा पहिले सम्पत्ति को बारेमा भन्नुपर्दा नेपालमा मातृभाषा बाहेक अरु भाषा नजान्नेलाई सम्पत्ति कमाउँने कुनै अवसर छैन । उनीहरू कलेज भित्र प्रवेश हुन पाउँदैनन् । सरकारी कार्यालयमा पनि परिक्षा दिने मौका नभएर केही सानो ठुलो काम पाउने अवसरनै छैन । राज्यबाट आफ्नो मातृभाषा मार्फत पढाई लेखाईमा कुनै व्यवस्था गरी दिएको छैन । यो सरासरी मूलवासीहरुको भाषा र लिपि नष्ट गर्ने षडयन्त्र हो । राज्यबाट आफ्नो मातृभाषा मार्फत पढाइलेखाईमा कुनै व्यवस्था गरी नदिए पछि वाध्यता भएर कयौं दाजुभाई दिदीबहीनीहरू सक्दो खर्च गरी देश विदेशमा गएर आफ्नै भाषा र लिपिमा ९एज म्० विद्यावारिधिगरेर आए तापनि राज्यबाट सौतेनि व्यबहार गरेर उनीहरूको प्रमाण पत्रलाई वेवास्ता गरेर एक सुकाको मान्यता पनि दिएको छैन । त्यतिमात्र नभई कुनै पनि विभागमा तल्लो स्तरदेखि माथिसम्म सबैमा मातृभाषा काम नलागेर कुनै पनि काम पाउने अवसर देखि वञ्चित भई बेरोजगार भएर बस्नु पर्छ । राम्रो काम पाउनु प¥यो भने कसैगरि कामकाजीको भाषा र लिपि पढ्नु पर्ने बाध्यता बाहेक अरु कुनै विकल्प छैन । त्यसैकारण मूलवासीहरू आफ्नो भाषा र लिपि सिकेर सम्पत्ति कमाउनको निम्ति केहि फाईदा छैन भनि आफ्नो भाषा त्याग्ने धेरै छन् । त्यसै कारणले गर्दा हाम्रो धर्म, कर्म, संस्कार र संस्कृतिहरूमा समेत अत्यधिक क्षति पुगेको देखिन्छ । 

  • Dictionary
  • Conversation

Categories

  • A
  • B
  • C
  • D
  • E
  • F
  • G
  • H
  • I
  • J
  • K
  • L
  • M
  • N
  • O
  • P
  • Q
  • R
  • S
  • T
  • U
  • V
  • W
  • X
  • Y
  • Z
View all Posts

Categories

  • Grettings and Farewells
  • Common Words or Expressions
  • Studying Sherpa Language
  • Pronoun and Adverbs
  • My Family
  • At The Airport
  • Hiring a Taxi
  • At a Hotel
  • Solu Khumbu Four Seasons
  • Asking About Time and Date
  • Traveling by bus/ Micro
  • At The Bank
  • Visiting A Doctor
  • Ordering a Meal
  • Cardinal Numbers
  • Ordinal Numbers
  • Percantages
  • Animals
  • Days, Months & Seasons
  • Colours
  • Trees
  • Flowers
  • Fruits
  • Vegetables
  • Meat
  • Parts of Body
  • Cloths
  • Jewels & Ornaments
  • Musical Instruments & Terms
  • Domestic Goods
  • Professions
  • Spices
  • Stationery
  • Transportation
  • Geography
  • Relatives
  • Ranks
  • In a Monastery
  • Sherpa New Year
View all Posts

About us

 
प्रस्तुत We Are Sherpa Website पिके हिल सोसीयल ओर्गनाइजेसन (Peeky Hill Social Organization) को अध्यक्ष आदरणीय श्री ङिमा देण्डी ज्यूको विचारमा आधरित भएर तयार पारिएकोहो । 

Recent News & Events

  • चेपाङ भाषा संरक्षण
  • बुद्ध जन्मेको लुम्बिनी वन
  • पञ्चशील नीति
  • बुद्ध शिक्षाको मूल प्रवाहीकरण
  • कसरी बन्यो त्रिपिटक ?

Quick Links

  • Home
  • About us
  • About Sherpa Community
  • Literature & Articles
  • Contact

सम्पर्क जानकारी

We Are Sherpa
Thamel, Kathmandu, Nepal

+977 9851127771
info@wearesherpa.com
wearesherpa@outlook.com

Happy Feet Travel

Happy Feet Travel
www.happyfeetravel.com

Peekye Hill Social Org.

Peekye Hill Social Org.
www.peekyhill.org

Glorious Tea & Herbal

Glorious Tea & Herbal
www.teaandherbal.com

Advertise Here

Advertise Here
info@wearesherpa.com

Copyright © 2016.We are Sherpa. All Rights Reserved.