भाषा र लिपि नष्ट भएको परिणामको बारेमा भन्नुपर्दा । कतै कुनै जातको भाषा र लिपि दुवै नष्ट भएमा त्यस जातका मान्छेहरू सबै अवसान त्यो जात जरैदेखि नष्ट भएको अर्थ लाग्छ । उदाहरणको लागि कुनै एउटा जातको मान्छेले आफ्नो मातृभाषा र लिपि बिर्सेर अरु कुनै जातको भाषा र लिपि अपनायो भने त्यो मान्छे अर्को जातसंग समावेस भैसकेको हुन्छ । त्यस बेला भाषा र लिपि त अर्काको अपनायो भने खानपान, लत्ताकपडा र बानीव्यहोरा त भन्नु नै पर्दैन । त्यस अवस्थामा विचारको संज्ञा बोलचाल, व्यवहार, संस्कार र संस्कृति सबै अरुको अनुसार गर्नु पर्ने हुनाले पहिलाको जातिय पहिचान, छाप, चिन्ह, प्रतिक र प्रमाणहरू गहिरोरुपमा केहि पनि देखा पर्दैन । त्यसैले धर्म, भाषा, लिपि, संस्कार, संस्कृति भनेको जातिय मान्छेहरूको अलग अलग हुनुको चिन्ह प्रमाण हो । त्यसै कारण यसलाई मुल रुपमा हेरिन्छ । त्यसमा भाषाविद्हरूले भन्ने गरेका छन् मातृभाषा चाहि जुन जातको हक र अधिकार पाउनको लागि एउटा प्रमाण भएको र मातृभाषा चाहि ती बोल्ने मान्छेहरुको चिन्ह प्रमाण हो भने हक र अधिकार पाउनको निम्ती एउटा साक्षी प्रमाण हो । यो नष्ट भए ती मनुष्य जात पनि नष्ट हुन्छ । त्यसै गरि मातृभाषा नष्ट भयो भने त्यस जातको इतिहास पनि नष्ट हुन्छ । जस्लाई म यो जातको हुँ भन्ने कुनै यथार्थप्रमाण रहित हुन्छ ।
त्यसैले भाषाविद्हरूले भाषा चाहि ती मनुष्य जातिको अमुल्य इतिहासको ढुकुटि हो र मातृभाषाचाहिँ ती मनुष्य जातिको जातको सुची हो भनेका छन । मातृभाषाचाहिँ स्मरणको स्तम्भ हो भनेका छन । त्यसैगरि मनुष्य जातिको जातिय हक अधिकार साक्षी प्रमाण इतिहास सबै नष्ट भएर अरु कुनै जातमा परिणत भैसकेपछि उनिहरूको ती जातिय मान्छेहरूको अन्त हुन्छ । यस्तो पनि भन्ने गरेको पाईन्छ, मातृभाषा नभएको मान्छे चाहि आत्मा नभएको मान्छे जस्तो हो । र कसैको मातृभाषा नष्ट भए त्यो मरेको जस्तै हो । त्यसैले मनुष्य जातिको हक अधिकारमा सोच्ने भाषाविद र विद्वान वर्गहरूले मातृभाषा नष्ट हुनुमा आफ्नो प्राण गएको भन्दा वढि चिन्ता भएको गुनासो गरेका छन् । अष्ट्रेलियाको लेखक कविद मलौफनले म स्वयंले बोलेको यो भाषा चाहिँ मान्छेहरूको मुखबाट बिस्तारै बिस्तारै विनाश भईरहेको देख्छु । यसलाई सोच्दा अति डरलाग्दो अनुभव हुँदोरहेछ । यस्तो अनुभव हुँदो रहेछ कि म स्वयम मरेको अनुभव भन्दा पनि अति गहिरो मुटुमा नै विझ्दो रहेछ । किनभन्दा यो चाहि म आफ्नै मानव जात सबै संगै मरेको जस्तो एकै अर्थ हुन्छ भन्नु भएकोछ । मातृभाषा सबै नष्ट भइ सांस्कृति सबै हराइसकेको मान्छेहरू बुबा आमा कोहो थाहा नभएको टुहुरो जस्तै हो ।
हेन्ड्रीकस्ट्रोमनलेद क्षिण अफ्रिकाका खोईखोई भन्ने “मन्त” जातिको इतिहास भन्दा उहाँले यस्तो भन्नु भयो, म आफै एउटा नचिन्ने आइमाईको स्तन चुसेर ठुलो भएको वा कुनै अरु मान्छेले पालेर ठुलो भएको जस्तो अनुभव हुँदो रहेछ । त्यो किन हो भन्दा मैले मेरो आमाले बोल्ने भाषा बोल्नु नजानेको कारणले गर्दा हो भनेका छन् ।
त्यसैगरि शेर्पा जातिलाई उदाहरूणमा लिदा शेर्पाको भाषा, लिपि, संस्कार, सस्कृति सबै नष्ट भयो भने शेर्पा जाति सबैसंगै मरेको जस्तो शेर्पा जातिलाई यो भन्दा बढि दुःख केहि हुदैन । शेर्पाहरूलाई मात्र नभई संसारमै ठुलो क्षति हुन्छ किनकि यस संसारको यथार्थ सबैको स्वरुपलाई बोध गरी अलि गहिराईसम्म बुझ्दाखेरि शेर्पाहरूको संस्कृतिले संसारकै कतिपय मान्छेहरूको मनमा फाईदा र सेवा पु¥याएको स्मरण लायक छ । त्यसै गरी विश्वमा कुनै पनि मानव जातिको भाषा नष्ट भएमा त्यो जातलाई मात्र नभएर सामान्य मानव जाति र राज्य समेतलाई ठुलो क्षति पुग्छ । सन १९९२ (उनाईस सय बयान्ब्बे) मा क्यानाडामा संयुक्त राष्ट्र भाषा महासंघको बैठकमा सहभागि भाषाविद् र बिज्ञहरू सबैले एकाग्र मन गरि एकै शब्दमा यस्तो भन्नु भएको थियो, कुनै पनि मातृभाषा नष्ट भएमा, त्यो भाषा पुन मनुष्य जातिको बिचमा अपनाउने अवसर नभएर ठुलो क्षति भएको देखिन्छ ।