भाषा र लिपि नष्ट हुनुमा दुई कारण छन् ।
नष्ट हुनुको लक्षण पहिचानगर्नु
र त्यो हाम्रो भाषामा छ छैन परिक्षण गर्नु हो ।
त्यसमा पहिला नष्ट हुनुको लक्षण पत्तालगाउँनुमा सार्वजनिक कारण वा लक्षणचाहिँ तीन प्रकारका देखिन्छन ।
क. पहिलोमा कुनै भाषा विनाश हुनु खतरा को संकेत दिदै छ छैन हेर्ने केहि तरिकाहरू छन् । भाषा नष्ट हुनुमा जनसंख्याको आधारबाट हेर्दा त्यो भाषा बोल्ने मान्छेहरू दश हजारदेखि कम्ति भएमा नष्ट हुने खतरा भएको महशुस गर्छन् भनिन्छ। त्यस जातीय मान्छेहरूमा चालीस प्रतिशतसम्मले अरु भाषा बोलेर अझै यो गन्ती बढ्दै गयो भने त्यो भाषा नष्ट हुन लागेको बुझिन्छ ।
ख. दोस्रोमा मातृभाषा बोल्नेहरूको उमेरको हिसावले हेर्दाकसैले त्यो भाषा बोेल्ने मान्छेहरुको उमेर ठुलो सानोबाट हेर्ने गर्दछन् । जस्तै चालीस बर्ष नपुगेकाहरूले त्यो भाषा नजान्नु वा अलिकति जाने पनि बोल्नु लाज मान्नु चाहि भाषा नष्ट हुनुको लक्षण भएको महशुस हुन्छ । जुन मातृभाषा बुढापाकाहरूले मात्र बोलेर युवा वर्गहरूले परम्परा अनुसार बोल्ननसके मातृभाषा नष्ट हुनुको प्रमुख कारण भएको बुझिन्छ ।
ग. तेस्रोमा जुन भाषा बोल्न र सुन्न सक्ने र नसक्ने क्षमताको फरकमा हेर्दामान्छेहरूलाई आफ्नो मातृभाषा सुनेर बुझ्ने शक्ति भएर बोल्ने शक्ति नभएमा त्यो भाषा अति छिटोनष्ट हुने बाटोमा लागिरहेको बुझ्नु पर्छ । यी तीन लक्षणहरू देखापरेको खण्डमा कुनै पनि मातृभाषाहरू छिटै नष्ट हुने बाटोमा समावेश भएको थाहा पाउनु पर्छ । अन्यथा कुनै विभागमा पद नपाउनु, सरकारी जागिर नपाउनुईत्यादी कारणहरूले गर्दा आफ्नो भाषा संस्कृतिलाई आफैले दोषि ठहराउनु, त्रुटि देखाएर नराम्रो नजरले हेर्नु, आफ्नो धर्मलाई दोष देखाउनु ईत्यादि पनि बिनाश हुनुको कारणमै गनिन्छन् ।
३ ती कारणहरु हाम्रो भाषामा छ छैन परिक्षण गर्दा
यी नष्ट हुने कारणहरू देशविदेश र कुनै प्रान्तमा तिब्रगतीमा अगाडी बढी रहेको देखिन्छ भने कति कारणहरू गाउँघरमा पनि पुरा हुन लागेको देखिन्छ । जस्तो कि गाउघरको केटाकेटीलाई केही कुरा मातृभाषामा सोध्यो भने उनीहरुले कामकाजीकोभाषामाउत्तर दिन्छन् । यसैले पनि प्रमाणित गर्छकि हाम्रो मातृभाषाको गतिबिधि गाउँघरमा कस्तो रहेछ भनेर । यस्तै तरिकाले कमजोर हुँदै जाने हो भने यी लक्षणहरू दिनदिनै झल्केर हाम्रो गाउँघरमा पनि मातृभाषा नष्ट नहोला भन्नेमा केही शंका छैन ।