हामी शेर्पाहरुको बास स्थानान्तर (Sherpa Migration)
वास्तवमा भन्नु पर्दा शेर्पाहरु तिब्बत र नेपालको सीमाना नछुटयाउदै सन् १४८० को आसपासमा “च्यमोलाङमा” अर्थात् विश्वको शिखर सगरमाथा नजीकैको हिमशिखर समुन्द्र सतह देखि १९ हजार ५० फिट अग्लो नाङपाला काटेर आएका विज्ञाहरु बताउँछन् । यो कुनै लडाइ झगडा भएर आएको नभई धर्म र सुख समबृृद्धि को निम्ती सोलुखुम्बुको भेगमा आएका विज्ञाहरुको बुझाइ छ । यसमा बुद्धधर्म संग सम्बन्धित केही प्रतीत्य समुत्पादका कुराहरुले पनि शेर्पाहरु सोलुखुम्बुको क्षेत्रमा आएको हुनुपर्छ । यसमा विशेष गरी शाक्य मुनि बुद्धकै कालमा दोस्रोबुद्ध ओडीयनको लोपोन पेमा सम्भवाले अधिष्ठित गर्नुभएको गोप्य स्थान खेन्पालुङको अवयव विश्वकै हिमपर्वतहरुको गजुर सगरमाथाको काखमा युगौँ देखी गोप्य रुपमा रहेको यस स्थानलाई सन् १४४० तीर पुज्य गुरु निधि प्रदर्शक रत्ना लीङ्पाले सोलुखुम्बुको भेगमा राम्रै अवलोकन गरी केही समय गुफा बस्नु भइ भबिष्यमा उहाँको अनुयायीहरुलाई बसोबास गर्नु यो ठाउँ उत्तम रहेको भबिष्य वाणि गर्नु भएको पाइन्छ ।
कुनै पनि भाव पदार्थहरु हेतु प्रत्ययमा आश्रित नभइकन स्वतः उत्पन्न हुन सक्दैननन् भन्नु भए जस्तै, त्यस समयमा च्यक मिञ्यक दोङाक् रीङ्बुको सुपुत्र क्यप् ओक् सङगे पाल्ज्योर, गुरु रत्न लीङ्पाको चेला थिए । सन् १४८० को आसपासमा गुरु रत्न लीङ्पाको भविष्यवाणी अनुसार क्यब ओक् सङगे पाल्ज्योर को सुपुत्र र ङाक्क्षङ् ग्यकार्वा क्षेन्पोले अगी गरेर खुम्बु भेगमा आउनु भयो । उहाँहरु एकजनाको समूह पङबुक्षे मा बस्नु भयो बने अर्को समूह दीङबुक्षे मा बसेको बुझिन्छ । उनीहरु खम, मीञ्यक्, घोलोक, सेर्ता र अम्दो सम्म फैलिएका छन् ा सन् १७८६ सम्म शेर्पाहरु पराधिन नभई स्वतन्त्रपूर्वक जीवन निर्वाह गरीरहेका थिए । समय बित्दै जादा धेरै युद्धहरु भए । बाइसे चौबीसे राज्य एकिकरण गरे । पछि आएर शेर्पा राज्यमा शक्तिले नसके पछि बुद्धिले नै सही ठानि सन् १७८६ देखी १८२९ सम्म नेपाल सरकारसंग विभिन्न चरणको वार्तागरी शेर्पाको केही वृद्ध र बुद्धिजिवीहरुलाई हातमा लिई स्वतन्त्र रुपमा आफ्नो धर्म संस्कृति र कुल परम्पराहरु पूर्ववत मान्न पाउने सहमति जुटाइ मन्जुरी गरेर राज्य ओगटेको बुझिन्छ । युद्धको बखत प्रयोग गरेका कयौ स्थान र युद्ध शिविरका गुफाहरु अझै पनि हेर्न सकिन्छ ।
अन्त्यमा सन् १९६१ अक्टोबर ४ का दिन नेपाल चीन संयुक्त सीमा सामितीले गरेको निर्णयमा राजा महेन्द्रबाट यसरी घोषणा गर्नु भएको थियो । सन् २००३ जून १७ को कान्तिपुरमा त्यसताका शेर्पाहरु कोही उता चीनका स्वशासितक्षेत्र तिब्बततिर प¥यो भने कोही नेपालतिर । जस्तै संखुवासभा पारीको तिङके जोङ, दोलाखा लप्ची पारी रोङश्यर र सिन्धुपालचोक तातोपानीका पारी खासा आदि स्थानका शेर्पाहरु ।
यसले के बुझिन्छ भन्दा हाम्रा कैयौं साखा सन्तानहरु तितरबितर र छरपस्ट भएको बुझीन्छ ।
यसैगरी शेर्पाहरु विस्तारै विस्तारै रामेछाप, दोलाखा, सिन्धुपाल्चोक, ओखलढुंगा, भोजपुर, संखुवासभा र इलाम आदि स्थानको हिमाली भेगमा आफ्नो पहिचान बनाई बसोबास गर्दै आएका छन् भने हालसाल बसाइ सराइ र कामकाजले गर्दा नेपालका प्राय जिल्लामा छन भने विश्व भरिनै आफ्नो पहिचान सहित बसोबास गर्दै आएको पाईन्छ ।