सर्वप्रथम यस website को पवित्र उद्देश्यलाई यस रुपसम्ममा ल्याइपुर्याउन सहयोग गरिदिनहुने सम्पूर्ण महानुभावहरूमा धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु।
यो website को परिकल्पना मेरो परिवारमा मेरो आफ्नै श्रीमती र छोरा छोरीले शेर्पा भाषा बोल्न छाडेपछि दुःख पूर्वक् गरिएको हो । अरुको भाषा बोल्नु, दखल राख्नु, बुज्नु, ज्ञाता हासिल गर्नु अति राम्रो हो तर आफ्नो विर्सिएर अर्काको भाषामा मात्रा ज्ञान हुनु कदपि राम्रो होइन । संदर्बमा तपाइहरू पनि सबै कसै न कसैको छोरा÷छोरी भएकोले यो मर्म आफ्नै माता, पिता, समुदाय र राष्ट्रको हो भनी बुज्न युवाहरूलाई हार्दिक अनुरोध गर्दछु ।
यो website को परिकल्पना मेरो परिवारमा मेरो आफ्नै श्रीमती र छोरा छोरीले शेर्पा भाषा बोल्न छाडेपछि दुःख पूर्वक् गरिएको हो । अरुको भाषा बोल्नु, दखल राख्नु, बुज्नु, ज्ञाता हासिल गर्नु अति राम्रो हो तर आफ्नो विर्सिएर अर्काको भाषामा मात्रा ज्ञान हुनु कदपि राम्रो होइन । संदर्बमा तपाइहरू पनि सबै कसै न कसैको छोरा÷छोरी भएकोले यो मर्म आफ्नै माता, पिता, समुदाय र राष्ट्रको हो भनी बुज्न युवाहरूलाई हार्दिक अनुरोध गर्दछु ।
सायद यस website ले आफ्नो जन्मथलो र जातीय समाजलाई छाडी दुरदेशमा विभिन्न व्यवसाय र प्रतिष्ठामा बस्नु भएका व्यक्ति, परिवार समाजको आकांक्षा र दुःखलाई पनि प्रतिनिधित्व गर्छ होला । यस २१औं शताव्दिको विकाशले छक्क पारेका हामीलाई, कपिकलम र पुस्तिकाको सर्वशुलभता, घरदैलोमा विद्यालय र विभिन्न भाषा पढ्ने सुविधा विगतको तुलनामा नभएको होइन । तर यसै आधुनिकीकरण र विभिन्न सुविधाको वीचमा देश विदेशमा समेत चिनिएका र राष्ट्रको प्रतिष्ठासँग जोडिएको शेर्पा समुदायको भाषा बोलचालमा सीमित र बोलचालकै माध्यमले एकपुस्ताले अर्कोपुस्तालाई हस्तान्तरण गर्नु परेको देख्दा र बोक्नु पर्दा मनमा धेरै दुःख हुँदोरहेछ ।
शेर्पाहरू नेपालको एउटा यस्तो समुदाय हो जो राष्ट्रको पहिचानसंग अति नजिकबाट सम्बन्ध राख्दछ । यदि संसारको कुनै पनि भागमा गएर कसैले म नेपाली हुँ भनेर परिचय दिए भने उताको प्रया सोदाइ भनेको के तपाई शेर्पा हो ? भनेर हुन्छ । सायाद आफ्नो सामुदायीक व्यबहार, धर्म र संस्कारले पनि होला नेपाल भित्रै पनि सबै जाति र समुदायले माया गर्छ, सकारात्मक हिसावले हेर्छ र स्वीकारछन् । तर यस्तोखालको समुदायको शिक्षा, भाषा र राष्ट्रभित्र पाउनु पर्ने राजनितिक अधिकार आदीइत्यादिमा शेर्पा समुदाय हालको अवस्थामा पाउनु भनेको यो समुदायको मात्रा नभएर राष्ट्र स्वयमको असफलता हो, राष्ट्रको नितीको असफल्ता हो र राष्ट्र लाजको विषय हो । तर म मेरो समुदायसंग गौरव गर्छु जस्ले गर्दा माथिका उल्लेखित माया पाउन र शेर्पाहरू राष्ट्रको पहिचानसंग राष्ट्र र अन्तराष्ट्र जगतमा जोडिनु । त्यसैले म सबै अन्तराष्ट्र समुदाय र नेपालभित्रको सम्पूर्ण जातजातिलाई धन्यवाद दिन चाहन्छु, शेर्पाहरू प्रति तपाईहरूको न्यानो माया र सदभावको निम्ती ।
आज विभिन्न सुविधा र दुःखले देश विदेशमा बस्नु भएकाहरूले आफ्नो सन्ततीहरूलाई जस्तोसुकै शिक्षा र सुविधा दिएको भएतापनि आफ्नो मातृभाषालाई हस्तान्तरण गर्न सकेको पाईदैन । आफ्नो पुख्र्यौली जन्मथलो र समाजमै बस्नु भएका कतिपयले पनि आफ्नो भाषालाई उचित स्थान नदिएको, यसको महत्व र मिठासका विषयमा आफ्ना सन्ततिलाई जानकारी नदिएको पाईन्छ ।
तसर्थ यो website यस्तै पिडाबोध गर्नेहरूका लागि समर्पित छ र विभिन्न कारणले आफ्नो भाषा सिक्न नपाएर वा सिक्न चाहने र शेर्पा भाषा प्रति आकर्षाण भएको तर सिक्ने र बुझ्ने माध्यम नभएकोहरूलाई उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु । यसको वृहत्तर विकासको लागि यहाँहरू सबैको अमूल्य सुझाव wearesherpa@outllok.com र learnsherpa@outlook.com मा पठाई सहयोग गर्नुनै हुनेछ भन्ने आशा छ र अनुरोध गर्दछु ।
यसै सिलसिलामा, शहरमा जनसंख्याको अनुपातले विद्यालयहरूमा शेर्पा भाषाको शिक्षालाई अनिवार्यताको पहलगर्न अनुरोध गर्न नसके पनि आफ्नो जनसंख्या र घनत्व पुग्ने ठाउँको हरेक विद्यालयमा शेर्पा भाषाको पनि अनिवार्य कक्षा सञ्चालनको निम्ती पहलगर्न राजनैतिक प्रतिनिधि, प्रशासनिक अधिकारी, शिक्षक, शिक्षिका, लामा धर्मगुरुहरू, वुद्धिजिवीहरू, युवासमुदाय र अभिभावकमा हार्दिक अनुरोध गर्दछु ।
अन्तमा यस गहनकामको जिम्मा मैले मेरो भाई जिकटल जाङपोलाई अनुरोध सहित जिम्मा दिएको छु र हाल सम्माको कार्य प्रति सन्तुष्ट पनि छु र यो शेर्पाहरूको निम्ति र शेर्पाहरूको विषयम बुझ्न चाहनेहरूको निम्ति ज्ञानमुलक Website हुनेछ भन्ने प्रति कुनै शंक छैन । म आफुले सकेको योगदान दिन मेरो तर्फबाट जीवनबर कुनै कन्जुस्याई हुने छैन ।
ङिमा देण्डी गोले शेर्पा
ङिमा देण्डी गोले शेर्पा