हिजो नेपाललाई विश्वमा चिनाउने शेर्पाहरु आज आफ्नै अस्तित्व नै गुमाइ रहेका छन् । दुःखको कुरा के छ भने आजकाल शेर्पाहरुलाई विश्वमै चिनीएको छ भने त्यहि शेर्पाहरुको चिनारी भाषा नै विनाश हुदै गइरहेको छ । अझ दुःखको कुरा त हाम्रो युवापिढीहरु आफ्नो भाषा बोल्नुमा त्यति रुचि राख्दैनन् । यसले गर्दा हाम्रो भाषा छिटै विनाश पो हुने होकी भन्ने डर छ । यसै कुरालाई मनन गरेर हामीले We Are Sherpa Website खोल्ने निर्णय गर्यौ । तर पनि कतिले भन्नु हुन्छ होला (Why to learn Sherpa Language ?) शेर्पा भाषा किन सिक्ने ? शेर्पा भाषा सिकेर के गर्ने ? शेर्पा भाषा सिकेर काम त पाइदैन ! शेर्पा भाषा सिकेर खान पाइदैन । किन शेर्पा भाषा सिक्ने भन्ने यी तिता शब्दहरु हामीले थोरै मात्र नसुनेको पनि होइनौ । यस्ता तीता शब्दहरु सुन्दा मुटु अतिनै चिसिएर आउँछ । माया लाग्छ, दुःख पनि लाग्छ ।
खुशीको कुरा चै के छ भने अरु जाति र विदेशीहरुले शेर्पाहरुलाई मन पराउँछन् । शेर्पाहरुको संस्कार र संस्कृतिलाइ मन पराउछन् चासो राख्छन् । कतिपयले त शेर्पा भाषामा रुचि राखेर अध्ययन गरेका पनि छन । नेपाल भ्रमणमा आउनु हुने ८० प्रतिशत पर्यटकहरु शेर्पा गाउँमा घुम्न जान्छन् । उनीहरु प्रायले केही शेर्पा कुराहरु सिकीरहेका हुन्छन र सिकेर जान्छन् । जस्तै :
Hello tashi delek टाशी देलेग བཀྲ་ཤིས་བདེ་ལེགས།
How are You ? thang bu? थङ्बु ? ཐང་པུ།
I'm fine. lase thang bu rang लसे थङ्बु रङ । ལ་སེ་ཐང་པུ་རང་།
What is your name? chhen la khang shyi? छेनला खाङ श्यी ? མཚན་ལ་ཁང་ཞིས།
My name is… nge ming la ... siu ङे मीङला...सीउ । ངེ་མིང་ལ་་་་སིའུ།
OK lase लसे ལ་སེ།
All right teri lemu ་तेरी लेमु । ཏེར་རི་ལེས་མུ།
Very good ude lemu उदे लेमु । ཨུ་བདེ་ལེས་མུ།
It's good di lemu nok दी लेमु नोग । འདི་ལེས་མུ་ནོག།
It's not good di lemu min duk दी लेमु मीन्दुग । འདི་ལེས་མུ་མིནའདུག།
Just a moment ukur chik उकुच्र्यीक । ཨུ་ཀུར་ཅིག།
I like nga la ga lasung ङला गा लासुङ । ང་ལ་དགའ་ལའསུང་།
Yes lase / yin लसे । यीन । ལ་སེ། ཡིན།
No min/ me/ oshi मीन । मे । ओशी མིན། མེད། འོ་ཤིས།
I like Nepal bal yul semla gal वल्युल सेम्ला गाल བལ་ཡུལ་སེམས་ལའགལ།
Mountain kang ri काँङरी གངས་རི།
Is that true ? uthung yin ? उथुङ यीन ? འུ་ཐུང་ཡིན།
Good night jim jya nang gu जिम्ज्य नङ्गु གཟིམས་བྱ་གནང་གུ།
Enjoy your mail shya lak nge bu nang gu श्यलक ङेपु नङ्गु ཞལ་ལག་མཉེས་པུ་གནང་གུ།
Tea sol jya सोल्ज्य । གསོལ་ཇ།
Cold drink Tengge टेङ्गे । གྲེང་གེ།
Good bye kole phep कोले फेप् གོ་ལེ་ཕེབས།
Nice to meet you thene ga lasung ठेने गा लसुङ ཁྱོར་ལ་ཕྲད་ནས་དགའ་ལའསུང་།
See you again long jya lu लोङ ज्यल्लु । ལོང་མཇལ་ལུ།
भन्ने जस्त केही शब्दहरु सिक्छन भने अरुलाई पनि सिकाउँछन् । माथिको प्रश्न स्वभाविक छ । तर हामी यसको सहि उत्तर पाउन र हामीले मातृभाषा बोल्नै पर्ने, आफ्नो संस्कार र संस्कृतिलाई जोगाउनै पर्ने, हाम्रो लिपीलाई हामीले नै प्रयोग गर्नु पर्ने, हाम्रो धर्मलाई हामीलेनै पालन गरी अभ्यास गर्नु पर्ने यी सबै कुराहरुको महत्व र वास्तविकता बुझ्नको लागि हामीले शेर्पा इतिहासको अध्यायन गर्नु पर्ने हुन्छ ।
शेर्पाहरुले पूर्व कालमा कसरी जिविका चलाएको थियो, उहाँहरुको रहन सहन र पेशा के कस्ताथिए, आजकालको शेर्पा समुदायको गतिविधि र रहनसहन कस्ता छन् । भोलिका शेर्पाहरुको भविष्य सम्बन्धी पनि हामीले जान्न बुझ्न र सोचविचार गर्न जरुरी देखिन्छ ।