शेर्पाहरुको आफ्नै चाडपर्व र महोत्सवहरु छन् । यी सबै शाक्यमुनि बुद्ध र आचार्य पद्मसम्भवसँग सम्बन्धित छ । जस्तै शेर्पा (दाथो) चंद्र पात्रो (Lunar Calendar) को पहिलो महिनाको पुर्णिमाको दिन (क्षो ठुल तुक्षेन) बुद्ध शाक्यमुनिले प्रातिहार्य चमत्कार देखउनु भएको दिन । ཆོ་འཕྲུལ་དུས་ཆེན། The Miraculous Day;
तेस्रो महिनाको पुर्णिमाको दिन (डेपुङ्ला तु खोर् सङ्गु तुक्षेन) प्रभु गौतमबुद्धले अमरवातिमा पहिलो कालाचक्र धर्मउपदेश दिनु भएको वार्षिकोत्सव को दिन । འབྲེས་སྤུངས་སུ་དུས་འཁོར་གསུངས་པའི་དུས་ཆེན། Anniversary of the First Kalachakra Sermon at Amarvati.
चौथो महिनाको पुर्णिमाको दिन (सक दावी तुक्षेन्) सिद्धार्थ गौतम जन्मनु भएको, बुद्धत्व हासिल गर्नु भएको र महापरिनिर्वाण हुनु भएको शुभ दिन । ས་ག་ཟླ་བའི་དུས་ཆེན། The auspicious day of Lord Gautam Buddha birth, enlightnment and parinirvana.
छैठौ महिनाको चौथो दिनमा (क्षो खोर् तुक्षेन) बुद्धधर्मका प्रवर्तक महात्मा गौतमबुद्धले वनरासमा पहिलो धर्म शिक्षण दिनु भएको पवित्र दिन । ཆོས་འཁོར་དུས་ཆེན། The Holy Day of 1st Dharma Teaching of Buddha Shakyamuni.
छैठौ महिनाको दशामीमा (गुरुई तुक्षेन) गुरु रीन्पोक्षेको जन्मजयन्ती । གུ་རུ་སྐུ་བལྟམས་པའི་དུས་ཆེན། Guru Padmasambhava's Birthday.
नवौ महिनाको बाइसौ तिथीमा (ग्यल्वा ल्हले बप्पी तुक्षेन) परमेश्वर गौतम बुद्ध तेत्तीस कोटी देवालोक देखि मनुष्यलोकमा वास्तविक उद्गम हुनु भएको शुभदिन । རྒྱལ་བ་ལྷ་ལས་བབས་པའི་དུས་ཆེན།
यसैगरी महिनै पछिको (छेच्यु) शुक्ल पक्षको दशमीमा अटुट रुपले (गुरु रीन्पोक्षे) आचार्य पद्मसम्भवको पध्रजा गर्छौ भने महिनै पछिको (ञ्येर्ङ) कृष्ण पक्षको दशमीमा (खडोमा) डाकीनी को पुजा गरीन्छ त्यसरी नै ठाउँ ठाउँमा समय अनुकुल मीलएर (डुम्जी डुप्क्षेन मणि रिल्डुब) र (ञ्युङ्ने) ब्रत पुजा, यज्र्यङ् फक्ञ्यीङ् र नायाँ वर्षमा शेर्पाको मुख्य चाडपर्व लोसार मनाईन्छ ।
कुनै समुदायको अस्तित्व राख्नको निम्ति धर्म, भाषा, संस्कार र सांस्कृतिको आवश्यक हुन्छ भने यी सबैलाई जीवित राख्नु धर्मको ठुलो महत्व देखिन्छ ।