शेर्पाहरुको विगतको मूल पेशामा चौरीगाइ, घोडा र भेडा पाल्ने राडी पाखी बुन्ने र खेतीपाती पनि उनिहरु समुन्द्र सतह देखि अति उच्च स्थान हिमाली भेगमा रहेको हुनाले आलु, वा, जौ, फापर र गहुँ नै प्रमुख रहेको देखिन्छ । पछि पछि उनीहरु विस्तारै विस्थापीत हुदै तल्लो भेगमा सरेर धान, मकै, कोदो लगायतका खेती पनि लगाउन थालेका छन् । आजकल शेर्पाहरु गलैचा व्यवसयमा, निर्माण, व्यापार र पर्यटन क्षेत्रमा पनि राम्रै रहेको छन भने राजनितिक विषय देखि लिएर कयौं शेर्पाहरु आजकल को अवस्था अनुसर धेरथोर मात्र नभए सबै पेशामा संलग्न रहेका पाइन्छन् । कयौं शेर्पाहरु बास स्थानान्तरको क्रममा नेपालको कैयौं जिल्ला देखि लिएर विश्वकै कुना काप्चामा र ठुला ठुला शहरमा बसोबास गरिरहेका छन् । यी सबै रहरले नभएर राम्रो कमाइ र सहज जीवनको खोजीमा पलायन भएको देखिन्छ ।