शेर्पाहरुको व्यवहारमा मुख्य रुपमा खाने तरिका सुत्ने तरिका हिड्ने तरिकाहरु हुन्छन् । छोटकारीमा भन्नु पर्दा सामान्यता व्यवहार भन्नाले तन मन वचनले अपनाउनु पर्ने र त्याग्नु पर्ने कार्यहरु हुन् । त्यसमा पनि सभ्य, शिष्ट व्यवहार र अशभ्य, दुष्ट व्यवहार गरी दुई प्रकारका छन् । त्यसमा शेर्पाहरुको व्यवहार कस्तो हो भन्दा बौद्धमार्गी महायान जाति भएको कारणले प्रतिमोक्षका मुख्य दश कुशल धर्मका साथै बोधिचित्तको शिक्षासंग मिल्ने व्यवहारमा सम्भावित कुनै शंका छैन । त्यसै कारण शेर्पाहरुले खानपान गर्नु पूर्व पहिलो खानपानले त्रिरत्नलाई चढाउनु पर्छ । चढाउने तरिका चाहिँ हातमुख धोएर खानपानको सामाग्रीलाई दुइहातले उचाली རྃ་ཡྃ་ཁྃ་ཨོྃ་ཨཱཿཧཱུྃ་མཆོད། रम् यम् खम् ओम आ हुङ् क्षो । भनी त्रिरत्नलाई चढाएर कामना गर्नुपर्छ ।
त्यति पनि गर्नु सकिएन भने दायाँ हातको चौथो औंलाले खानपानलाई छोएर आकाश तिर छर्कएको तरिकाले त्रिरत्नलाई चढाएको सम्झेर ཨོྃ་ཨཱཿཧཱུྃ་མཆོད། ओम आ हुङ् क्षो,भन्नु पर्छ । यहाँ चौथो औलाले छुने कारण चाहिँ स्वयम् आमाको कोखबाट जन्मने बेला यो औला आफ्नो नाक भित्र रही गर्भाशयको गन्ध नपरेको हुनाले यस औलालाई सफाको संज्ञा दिइन्छ । शेर्पाहरु सुत्नु भन्दा अगाडी तीन चोटी ढोकेर सुत्ने चलन छ । समान्यता शेर्पाहरु टोपी, जुत्ता र पटुका फुकालेर दायाँ हात कानमुनी सिरानी गरी दुईटै खुट्टा पसारेर उत्तर दिशा तर्फ सिरानी गरी सुत्ने चलन छ । शेर्पाहरु यताउता जादा पनि शरीर नढल्काइ सीदा जाने मात्र नभई मनमा पनि लाज सरम र डर त्रास रहित हिडने गरिन्छ । शेर्पाहरु बस्दाखेरी पलेंटी कसेर त्यो माथी हात राखेर बस्छन् । त्यस विपरीत चाक देखाएर बस्ने र ब्रहामण जस्तो बस्ने इत्यादी चाहिँ शेर्पाको परम्परा र रीतिरिवाज राम्रो संग जान्नेहरुले असभ्य चरित्र देख्ने भएको हुनाले त्याग्नु राम्रो हुन्छ ा