शेर्पाहरु दैनिक जिवनमा बिहान उठेर हात मुख धुई पानी चढाउने, धुपबत्ती चढाउने, आयुअर्जन, आय आर्जन र सफलताको कामना गर्ने, आर्शीवाद लिने गर्छन् । बेलुकी पख पानी उठाउने, फुलमा हाल्ने, सुगन्धित मिश्रणको धुप बाल्ने, शुद्ध घिउको बत्ती चढाई दिनभरिमा अनजानमै भए पनि कती पाप गरियो होला, कयौ प्राणीको अधिकार हनन भयो होला ती सबैलाई पश्चत्ताप गरी मणि मन्त्र जपने र पुजापाठ गर्ने गर्छन् ।