सर्व प्रथम म गुरू को चरणमा वन्दना गर्दछु । मनुष्य जातिको लामो इतिहास भित्र नियालेर हेर्दा आजकालको मान्छेको अन्तरदृष्टि अति छोटो देखिन्छ भने भाषा र लिपिको इतिहास त्यो भन्दा छोटो छ । यो समय भित्र मान्छेहरूले अनिच्छितहरू निरस्त तुल्याउनु र अभिलाषा, इच्छाहरू सिद्ध गर्नुको निम्ति भाषा र लिपिलाई मूल आधार मानी धेरै विद्या सिर्जना गरे । ती विद्याले जीविका चलाउन अति सजिलो र शान्तिपुर्ण हुन्छ भने त्यति कै अशान्ति, अस्थिरता, असन्तोष, विद्रोह र आन्दोलन देखि बिस्तारै बिस्तारै फैलेर अन्तमा विनाश हुने हो कि विस्तार हुने हो केही थाहा नपाउने स्थितिमा पुगेको छ ।
यस्ता धेरै विद्या सिर्जना गर्न सक्नेमा अरु प्राणीहरूको भन्दा मनुष्य जातिको अलगै विशेषता गुणहरू भए पनि विद्या के हो भन्दा ? यसलाई आजकालको भनाई अनुसार यस्तो भन्ने गरेको पाइन्छ । सन् १८७१ मा श्री एडवर्ड बुर्नेट येलोर अक्टोबर २, १८३२, जनवरी २, १९१७ (Sir Edward Burnett Tylor, Oct. 2, 1832, Jan. 2, 1917,) ले विद्याको स्वभावको बारेमा यस्तो विचार राख्नु भएको छ । विद्या भनेको एउटा सामान्य झन्झट र झमेला हो । त्यस भित्र बुद्धिमानी, श्रद्धा, आस्था, विश्वास, निष्ठा, आदर, कला, शिल्प, व्यवहार, कानुन, परम्परा, गाउँठाउँ र देशको प्रचलन रीति रिवाज, सामाजिक संस्कार, संस्कृति इत्यादि र मनुष्य जाति आफैमा निर्भर भएर जीवीका चलाउनु को निम्ति परिश्रम गर्नु हो भन्नु भयो । उहाँचाहिँ विद्याको स्वभावको बारेमा लेख्नु हुने पहिलो व्यक्ति रहेको पाइन्छ ।
त्यस पछि सन् १८७१ देखि १९५१ को बिचमा अस्सी वर्ष भित्र विद्याको स्वभाव को बारेमा एक सय चौसठीजना जतिले आफ्नो विचार लेख्नु भएको थियो भने अहिले त्यसको गन्ति धेरै बढि सक्यो । यसलाई परिभाषा विद्या, सामाजिक विद्या, मनुष्यको जात गोत्रको विद्या, इतिहास विद्या इत्यादि सबैको आआफ्नै ईच्छा अनुसार आफ्नै तर्फबाट निर्वचन वा स्वभाव को बारेमा राखे पनि अहिले सम्म सबैले साझा रुपमा स्वीकार्ने एउटा पनि पाइएको छैन ।
त्यसै गरी विद्याको यस स्वभावलाई म आफ्नै विचार पनि छ । मनुष्य जातिको विद्याको स्वभाव चाहिँ आफ्नो इच्छाहरू पुरा गर्नुको निम्ति मनुष्य जातिले रचना गरेको उपाय वा त्यस उपाय देखि उत्पन्न भएको ज्ञातव्य हो । यसमा मनुष्य जातिले रचना गरेको जस्तै विद्या भए पनि मान्छेहरूले प्रत्यक्ष रुपमा जीविका चलाउनुकै लागि लामो समय सम्मको विचित्र अनुभवलाई अवलम्बन गरि सिर्जना गरेको मात्रै हो । यसले स्वयं उत्पन्न भएको र जगत्कर्ताले प्रदान गरेको वा निर्माण गरेको हैन भन्ने अर्थ लाग्छ । आफ्नो इच्छाहरू पुरा गर्नु भन्नाले मान्छेहरू को मनको नाना थरीको चाहना जस्तै लोकातित वा अलौकिक धर्म सिद्धि र मोक्ष प्राप्त गर्नु र संसारीक परम्परा अनुसार मान्छेहरूलाई फाइदा पुग्ने चिकित्सा विद्या र मान्छेहरू लाई हानि नोक्सानी पुर्याउने हतियार बानाउने शिल्प विद्या र युद्ध जंग गर्ने जस्तो एकै प्रकारको सोच विचार हुने निश्चित छैन । रचना गरेको उपाय भन्नाले त्यो जान्ने बुझ्नेले मनुष्य जातिको चाहनाहरू सबै सम्यक् रुपमा सफलता पूर्वक पुरा गर्नु सक्नु हो । नजाने कुनै कार्य सिद्ध गर्नु नसक्नु वा सिद्ध गर्नु अति कठिन हुन्छ । उपाय देखि उत्पन्न भएको भन्नाले ती उपायहरू लाई अवलम्बन गरि निर्माण गरिएका जस्तै कायको प्रतिमा बुद्ध र देवी देवातको मूर्ति वा पेन्टीङ् गरिएका चित्र कला इत्यादि । वचनको प्रतिमा जस्तै धर्म ग्रन्थ र रचनाका पोथीहरू । चित्तको प्रतिमा जस्तै सानो ठुलो चैत्य इत्यादि । मनुष्य जातिले आ-आफ्नै जीविका चलाउनुको निम्ति ती उपायहरू लाई अवलम्बन गरि बलपूर्वक उत्पन्न भएको आ-आफ्नै गाउँठाउँको रीति रिवाज र प्रथाहरू हुन । यसैलाई आफ्नो ज्ञातव्य मानि नियमित रुपले सिक्ने र सिकाउने वा अर्ति उपदेश लिने र दिने निरन्तर रुपमा हुनुपर्छ । ज्ञतव्य भन्नाले सामान्यत बुद्धिगोचरमा कार्य गर्न उपयुक्त रहेको र विशेष गरेर अभिलाषा र इच्छाका कुनैपनि कार्यहरू सम्पन्न गर्नुको निम्ति बर्तमान विद्या । निर्जीवको रुप छ छैन भन्ने बारेमा रुप र अरुपका विद्या । परम्परागत विद्यालाई जातीय प्रथा अनुसार दश विद्याहरू प्रख्यात छन् । यस भित्र पनि धेरै किसिमका अन्तर र परिच्छेदहरू र यस भित्र पनि थरीथरीका सुश्र्म विश्लेषणहरू अति धेरै छन् ।