शेर्पाहरुको पोशाक (Costume)
पोशाक सम्बन्धी भन्नु पर्दा टोपी, जुत्ता, बक्खु पुरुषहरुको पोशाक हुन् । श्यम्ज्यर, आङ्गी, मटील स्त्रीहरुको पोशाक हुन् । योल्जेन्, श्यम थप, रीङ्गक् प्रव्रज्या भिक्षुहरुको पोशाक हुन् । मेयोक, खेन्ज्यर, भेन्त तीन तान्त्रिक गृहस्थीहरुको पोशाक हुन् । काँचा सबैले लगाउ छन् । यसमा विशेषगरि शेर्पाहरुको लत्ताकपडाहरुको छोटकरी मा व्याख्या गरेको मात्र हो । यसलाई एक एक गरेर अर्को पृष्ठमा बृहत् रुपमा समेट्ने छु ।